सामाजिक सञ्जालसँग डर लाग्छ : अभिनेत्री क्रुज

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ फाल्गुन २०७२, मंगलवार १३:४५

हलिउडहलिउड अभिनेत्री पेनेलोप क्रुजले सामाजिक सञ्जालको गलत प्रयोग भइरहेको बताएकी छिन् । चर्चा कमाउने नाममा फेसबुक र ट्विटरलाई गलत प्लेटफर्मका रूपमा प्रयोग गरिएको उनको तर्क छ । सामाजिक सञ्जालको गलत प्रयोग गर्नेहरूप्रति उनले व्यंग्य हानेकी छिन्, ‘म खाजा–खाना पकाइरहेको फोटो पोस्ट गर्न सक्दिनँ ।’ आफू हातले चिठी लेख्ने जमाना र टेक्स्ट म्यासेज गर्ने जमाना दुवैको सम्मान गर्ने उनी बताउँछिन् । क्रुजले आफू फेसबुक र ट्विटर दुवैमा नरहेको जानकारी पनि दिएकी छिन् । ‘म न त फेसबुकमा छु, न त ट्विटरमा, केवल इन्स्टाग्राममा छु ।’ सामाजिक सञ्जालसँग डर लाग्ने पनि उनले बताएकी छिन् । ‘म बिहानै अन्डा फ्राई गरेको र खाना खाएको फोटो पोस्ट गर्ने व्यक्ति होइन, यस्तो काम मलाई ‘अननेचुरल’ लाग्छ,’ उनले भनेकी छिन् ।नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१