बिमलेशले सम्पदालाई धोका दिएपछि (भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ फाल्गुन २०७२, मंगलवार ११:५४

बिमलेश अधिकारी र सम्पदा बानीया नाम चलेका मोडल हुन् । केहि म्युजिक भिडियोहरुमा उनीहरु सँगै देखिएका छन् । यसै क्रममा सम्पदाले बिमलेशको हेराई भित्र माया देखिन् । देउता समान ठानेर पुजा गरीन् । तर, बिमलेशले सम्पदालाई धोका दिएका छन् । उनले सम्पदालाई माया गरेजस्तो गरेर अन्तै माया गाँस्न पुगेका छन् । यस्तो परिस्थीति सम्पदा र बिमलेशबीच रियल लाइफमा सायदै आउला । तर, जनकराज शाह शाब्दिकको तिम्रो हेराईभित्र बोलको म्युजिक भिडियोमा बिमलेशले सम्पदालाई धोका दिएका हुन् । माण्डवी त्रिपाठीको स्वर रहेको उक्त गीतमा दिपक शर्माको संगीत रहेको छ । श्रीधर पौडेलले छाँयाकन र निर्देशन गरेको गीतको भिडियोलाई अर्जुन पोख्रेलले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१