बिहेको दिन गहना लिएर बेहुली फरार !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ फाल्गुन २०७२, मंगलवार ०८:०५
काठमाडौं ,१८ फागुन   । स्याङ्जा घर भई नवलपरासीको गैंडाकोटमा होटल चलाउँदै आएका जयदेव पौडेल शुक्रबार जन्ती लिएर चितवनको नारायणघाट आए ।
luga gahanan
तीन महिनादेखि प्रेमसम्वन्धमा रहेकी सुष्मा लामिछानेसँग उनको शनिबार बिहे हुँदै थियो ।
 
प्रेमिकासँग उनी नारायणघाट पुल्चोकको फिसटेल होटलमा बसे । १५ दिनदेखि उनी प्रेमिकासँग बस्दै आएका थिए । शनिबार मन्दिरमा बिहेको तयारी थियो । बिहान उनी दाह्री काट्ने तयारीमा लागे ।
 
प्रेमिका पनि गहना र नयाँ कपडा लगाएर सजिइन् । बिहेका लागि पौडेलले ल्याएको करिब पाँच तोला सुनका गहना लगाएर सुष्मा मेकअप गर्न भनेर होटलबाट ब्युटिपार्लरतिर लागिन् । तर, डेढ घण्टा वित्दा पनि उनी नफर्किएपछि पौडेलले मोबाइलमा फान सम्पर्क गर्न खोजे । तर, फोन स्विच अफ थियो ।
 
तयार भइसकेका जन्तीसहित प्रेमको घन्टौं कुर्दा पनि सुष्मा नफर्किएपछि पौडेलले प्रेमको नाटकमा आफू ठगिएको थाहा पाए ।
गोरखा घर बताउनी ती २२ वर्षीय युवतीले तीन महिनासम्म प्रेमिकाका रुपमा पौडेलसँग बसेर बिवाहको नाममा ठगी गरेकी हुन् ।
 
पाँच बर्ष दुबईमा बसेर आएका पौडेलको खाजाभरमा सुष्मा सँग करिब तीन महिनाअघि चिनजान भएको हो । चिनजानपछि प्रेममा परेका उनीहरुले बिबाह गर्ने निर्णय गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, पुस १४, २०८१