श्यामसुन्दर पुडासैनी
सौराहा (चितवन) । लामो समयदेखि पर्यटन क्षेत्रमा लागेको सम्राट ग्रुपले सचालनमा ल्याएको सुविधासम्पन्न होटल ‘ल्यान्डमार्क फरेस्ट पार्क’ले दोस्रो वर्ष पुरा गरेको छ । चितवनको सौराहामा खोलिएको उक्त होटल ल्यान्डमार्क फरेस्ट पार्कले गएको शनिबार दोस्रो वार्षिक उत्सव मनाएको हो । होटलकै सभाहल्मा आयोजित कार्यक्रममा विभिन्न विशिष्ट व्यक्ति, होटल व्यवसायी, पत्रकार लगायतको सहभागी थियो ।
प्रकृति र वन्यजन्तुसँग रमाउने पर्यटकलाई लक्षित गरी सम्राट ग्रुपले दुई वर्ष अघि सौराहामा उक्त होटल खोलेको थियो । करिब २६ रोपनी क्षेत्रफलमा फैलिएको होटल बनाउन करिब २० करोड रुपैयाँ खर्च भएको लगानीकर्ताको सि एन पाण्डेको भनाई छ । होटलमा ५१ वटा डिलक्स कोठा छन् । पर्यटकलाई पर्याप्त सुविधा दिने उद्देश्यले होटल खोलेको सञ्चालक पाण्डेले बताए । ‘सौराहामा पहिला सुविधासम्पन्न होटल कम थिए । त्यही अभाव महसुस गरेरै खोलेका हौं,’ पाण्डेले भने, ‘यहाँ आएका पर्यटकले सुविधासम्पन्न होटल पाउँदैनथे । सिजनमा राम्रो कोठा नपाएको धरै पर्यटकको गुनासो हुन्थ्यो अहिले हामीले होटल खोलेपछी अधिकास पर्यटक यही आउछन् ।’
सौराहामा अहिले सय भन्ँदा वढी होटल छन् । तीमध्ये अधिकांश बिनायोजना बनेका छन् । होटल नपाउने समस्या समाधान गर्न लगानी गरेको पाण्डेको भनाइ छ । ‘हामीले पोखरा र काठमाडौंमा जस्तै यहाँ पनि ‘स्ट्यान्डर्ड मेन्टेन’ गर्न खोजेका छौ ं। केही राम्रा होटल छन् तर पर्याप्त छैनन,’ उनले भने, ‘राम्रा होटलको माग थियो हामीले ग्रहकको त्यो माग पुरा गरेका छौ ।’ पाण्डेका अनुसार ल्यान्डमार्क फरेस्ट पार्कमा नेपाली, भारतीय र विदेशी पर्यटकका लागि भिन्नाभिन्न प्याकेज बनाइएको छ । दुई रात र तीन दिनको प्याकेजमा बस्ने नेपालीले ७५ सय रुपैयाँ तिर्नुपर्छ । यो रकम विदेशीको लागि एक सय ५० अमेरिकी डलर र भारतीयलाई सात हजार भारतीय रुपैयाँ पर्छ । ‘प्याकेजमा आएका पर्यटकले हात्ती सफारीदेखि खानपिन र होटलमा बस्न पाउँछ,’ पाण्डेले भने, ’पर्यटक तान्नकै लागि यो प्याकेज बनाएका हौं। यो महँगो पर्दैन ।’
भूकम्प, नाकाबन्दीले पनि छोएन ल्यान्डमार्कलाई
होटल खोलेको दुईवर्ष भित्र आन्तरिक तथा बाह्रय पर्यटकहरु होटलमा बाह्रै महिना भरिभराउ भसम्राट ग्र्रुप उत्साहित छन् । ‘ सिजन र अफ सिजनमा समेत होटल बुकिङले हामी उत्साही भएका छौ, दुई वर्षमा राम्रो आम्दानी भएको छ,’ संचालक सि एन पाण्डेले भने , ‘भूकम्प नाकाबन्दीमा समेत पर्यटकहरुको पहिलो रोजाई बन्यो ल्यान्डमार्क फरेस्ट पार्क ।’ अफसिजनका पर्यटकमध्ये २० प्रतिशत आन्तरिक रहेको पाण्डेले सुनाए ।
पोखरा लेकसाइडमा ल्यान्डमार्क होटल खोलेको सम्राटले पोखरा, काठमाडौं र सौराहालाई जोड्न लगानी गरेको पाण्डेको भनाई छ । ल्यान्डमार्कले पोखरा र सौराहामा होटलबाहेक एसिया एक्सप्लोर ब्रान्डमा टे«किङ र सम्राटको नाममा ट्राभल एजेन्सी चलाएको छ । ‘पोखरा पुगेका पर्यटकलाई काठमाडौं हुँदै सौराहा र सौराहाकालाई पनि त्यसैगरी घुमाउँदै पोखरा ल्याउने गरेका छौ,,’ सी एन पाण्डेले भने, ‘अहिलेसम्म कतिपय पर्यटक सौराहा आएर काठमाडौं पुगेर फर्कन्थे । त्यस्तै पोखरा पुगेका उतैबाट जान्थे । सौराहा–काठमाडौं–पोखरा जोड्ने माध्यमको रुपमा हामीले काम गरेका छौ ।’
जंगलको आडैमा बनेको ल्यान्डमार्क फरेस्ट पार्कबाट दिउँसो जंगली जनावर हेर्न पाइन्छ । व्यवसायीका अनुसार फेबु्रअरीदेखि अप्रिल र अक्टोबरदेखि डिसेम्बरसम्म सौराहा घुम्ने उपयुक्त समय हो । फेबु्रअरीदेखि मार्चसम्म जंगलभित्र झाडी कम हुने हुँदा जंगली जनावर देख्न सकिन्छ । मुक्तिनाथ र कैलाश मानसरोवर पुग्ने अधिकांश भारतीय पर्यटकलाई सौराहाको सुविधाले सहज बनाउने पाण्डेको भनाई छ ।
‘नेपाल प्रवेशपछि एकैपटक काठमाडौं वा पोखरा पुग्ने गरेका पर्यटकलाई एक रात भए पनि सौराहामा अड्याउन सक्ने हो भने राम्रो हुन्छ । यसको फाइदा पर्यटन क्षेत्रलाई नै हो,’ उनले भने, ’हामीले त्यही गर्दैछौ । काठमाडौँ र पोखरा पुग्नुअघि एक रात सौराहामा राख्ने हाम्रो पहल छ । यसले सौराहाको प्रवद्धन गर्छ ।’
सौराहाका अकाृ होटल व्यवसायी केशव पाण्डेले सुविधासम्पन्न होटल नहुँदा पर्यटक घट्ने अवस्था आउने खतराका कारण आफुहरुले चितवनमा सुविधासम्पन्न होटल चलाएको बताउछन् । चितवन राष्ट्रिय निकुञ्जभित्रका होटल बन्द भएपछि सफारी पर्यटक घट्न थालेको उनले बताए । ‘सफारीलक्षित पर्यटक खुबै आउँथ । होटल बन्द भए, कतिपय विदेशी हच्किए,’ सौराहकै अर्काे सुविधासम्पन्न होटल ग्रिन पार्क चलाएका केशवले भने,‘ ठूला लगानीका होटल आवश्यक थियो । अहिले हामीले लगानि गरेका छौ ग्राहकहरु हाम्रा होटलमै आर्कषित भएका छन् ।’
प्रतिक्रिया