कुन बलिउड स्टारको घर कति महँगो ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ फाल्गुन २०७२, सोमबार १९:०६

बलिउड उद्योग मनोरञ्जन दुनियाँमा एकदमै चर्चित उद्योग हो । यस क्षेत्रमा प्रवेश गर्न हजारौँ कलाकारको होडवाजी हुन्छ । बलिउडमा प्रवेश गरेपछि नाम सँगै दाम पनि उत्तिकै कमाइने भएकाले यसप्रति थुप्रै कलाकारको आकर्षण छ । बलिउड उद्योगमा प्रवेश गरेर थुप्रै कलाकारले थुप्रै आम्दानी गरे । अमिताभ बच्चन बलिउडका सबैभन्दा धनी कलाकार हुन् भने शाहरुख खान दोस्रो धनी बलिउड कलाकार हुन् । बलिउडका चर्चित यी कलाकारहरु कस्तो घरमा बस्छन् त ? सबैभन्दा महँगा घर भएका बलिउडका उत्कृष्ट ७ कलाकारहरुका बारेमा यहाँ चर्चा गरिएको छ :

जोन अब्राहम
john abrahm४२ वर्षिय बलिउड नायक जोन अब्राहमले चलचित्र निर्माण, अभिनय, मोडलिङ लगायतका क्षेत्रबाट थुप्रै आम्दानी गरेका छन् । उनको एउटा एकदमै महँगो पेन्टहाउस छ जुन उनकै भाइ र बुबाले डिजाइन गरेका हुन् । सो पेन्ट हाउसको वास्तविक मूल्य कति हो भन्ने कुरा भने अब्राहमले आजसम्म बाहिरिन दिएका छैनन् ।

रणवीर कपूर
ranveer kapoor३२ वर्षिय बलिउड नायक रणवीर कपूर बलिउडका धनी तथा महँगो घर भएका नायकमा पर्छन् । उनको घर कृष्ण राजमा रहेको छ ।

अक्ष कुमार
akhsya kumarअक्ष कुमारको वास्तविक नाम राजिव हरि ओम भाटिया हो । उनी अहिले ४८ वर्षका भए । उनले १ सय भन्दा बढी बलिउड फिल्महरुमा अभिनय गरिसकेका छन् । बलिउडका खेलाडी नायक अक्ष कुमार जुहुमा रहेको एकदमै महँगो घरमा बस्छन् । यद्यपि, सो घरको वास्तविक मूल्य भने कसैले थाहा पाएका छैनन् ।

सलमान खान
salman khanसलमान खानको पूरा नाम अब्दुल रसिद सलिम सलमान खान हो । ५० वर्षिय नायक सलमान खान ग्यालेक्सी अपार्टमेन्टका मालिक हुन्, जुन भारतको निकै महँगो घरहरुमध्येको एक हो । १६ करोड बराबरको मूल्य भएको सो अपार्टमेन्टको पहिलो तला उनले आफ्नो फ्यानका लागि छुट्याएका छन् जहाँ उनलाई प्रत्यक्ष देख्न चाहनेहरुका लागि उनले मनोरञ्जन दिने गरेका छन् ।

अमिर खान
aamir khan५० वर्षिय बलिउड नायक आमिर खानले बलिउड उद्योगमा रहेर निकै सफलता कमाए भने पैसा पनि उत्तिकै कमाए । उनी ६० करोड पर्ने घरमा बस्छन् ।

अमिताभ बच्चन
amitabh bachan७२ वर्ष नाघिसकेका बलिउड शेहेन्साह अमिताभ बच्चनको छुट्टै सम्मान छ । बलिउडका सबैभन्दा धनी कलाकार मुम्बई अमिताभको सहरभित्र मात्रै ५ वटा घरहरु रहेको बताइन्छ । यद्यपि, ११२ करोडको जाल्सा मेनसनमा उनको परिवार रहँदै आएको छ ।

शाहरुख खान
shahrukh khanबलिउड बादशाह शाहरुख खान सम्पत्तिमा पनि बलिउडका बादशाह हुन् । बलिउडका दोस्रो धनी कलाकार शाहरुखको मन्नत नामको महँगो घर छ । लगभग २०० करोड पर्ने यस महल मुम्बईको बान्द्रा सहरमा छ । शाहरुखको यो महललाई भारतीय सम्पदा सूचीमा समेत समावेश गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१