नेपाल विविधताले भरिएको एक सुन्दर देश हो । प्राचीनकालदेखि नेपालमा मानवको बसोबास हुँदै आएको छ । विश्वमा विकास भएका पाँच सभ्यताहरु नेपालमा आई बसोबास गरेको विद्धानहरुले बताएका छन् ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण देश नेपालले निकै लामो राजनैतिक उदार चढावहरु पार गर्दै यहाँसम्म आईपुगेको छ । यही देश हो जहाँका मानिसहरु पहिलो र दोस्रो विश्व युद्धमा सहभागी भए । दोस्रो विश्व युद्धमा मात्रै करिव २ लाख नेपालीहरु व्रिटिसको सेनामा भर्ति हुन गएका थिए । त्यो भनेको त्यसबेलाको समग्र जनसंख्यामा करिव २० प्रतिशत हुन आउँथ्यो । आजका मानिसहरु मध्ये कमैलाई मात्र थाहा हुनुपर्छ रक्सोलदेखि अमलेखजंगसम्म रेलमार्ग थियो भन्ने कुरा । त्यस्तै कमैलाई थाहा हुनुपर्छ राणाहरुकालागि राणाकालमा गाडि बोकेर काठमाण्डौ ल्याईएको थियो भन्ने इतिहास ।
इतिहासलाई विर्सिएर कसैले पनि भविष्यको मार्ग सहि ढंगले पहिल्याउन सक्दैन । आजका युवा पुस्ताले ती दिनहरु सम्झनु पर्दछ । अनि मात्र देश साँच्चै विकासको शिखरमा पुग्छ । यी नै इतिहासका ती दिनहरुलाई पुर्नस्मरण होस् भन्ने हेतुले करिव ८० वर्ष अघिका तस्बिरहरु संकलन गरि प्रकाशन गरेका छौं । khabardabali बाट साभार
प्रतिक्रिया