काठमाडौं।सीएनएन हिरो अमेरिकन नागरिक म्यागी डोयनले सुर्खेतमा सञ्चालन गरेको बालगृह अबैधानिक रहेको पाइएको छ । महिला तथा बालबालिका कार्यालय सुर्खेतको अनुगमनका क्रममा डोयनको बालगृह अवैधानिक रहेको पाइएको छ । टुहुरा बालबालिकालाई राखिएको भनिएको बालगृह सञ्चालनका लागि कुनै पनि निकायबाट स्वीकृति नलिइएको अनुगमनका क्रममा पाइएको छ । ‘अनुगमनका क्रममा बालगृह दर्ता नै नगरी सञ्चालन गरेको पाइयो’ महिला तथा बालबालिका कार्यालय सुर्खेतकी महिला विकास प्रमुख जमुना पौडेलले भनिन्, ‘टुहुरा बालबालिकाको विषयमा पनि गम्भीरतापूर्वक छानविन भइरहेको छ ।’ जिल्ला बालकल्याण समितिले गरेको स्थलगत अवलोकनका क्रममा बालगृहमा बाबुआमा नभएका तीनजना बालबालिका मात्रै पाइएको छ । यसैगरी आमा भएका १५, बाबु मात्रै भएका १३ र बुबा आमाबारे थाहै नभएका दुई बालबालिका रहेको बालगृहको रेकर्डमा उल्लेख छ । आजको राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया