राष्ट्र सेवक प्रहरी जवानमा मानवीय भावना नहुँदा….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ फाल्गुन २०७२, सोमबार १२:१५
कर्ण बहादुर अधिकारी,मकाउ/
भारत द्वारा लगाईएको अघोषित नाकाबन्दीको मार खेप्दै आई रहेको नेपाली जनता प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण हुनु केहि समय अगाडी नै लगभग सकिए जस्तै भए पनि अझै नेपाली जनताले सहज र सरल तरिकाबाट उपभोग्य सामानहरू पाउन सकेको छैन।कालो बजारीको सरकारले अन्त्य गर्न सकेको छैन।उपभोग्य सामन मध्य पनि इन्धन पाउन झनै मुस्किल छ।बिराटनगर भन्सार,भैरहवा भन्सारबाट इन्धन नेपाल भित्री रहदा पनि अझै नेपाली जनताको पहुँच सम्म नपुग्नु एकदमै दुखको कुरा हो।यसै सेरोफेरोमा मिति २०७२/११/१४ गते शुक्रबारको दिन पेट्रोल लिन लाईनमा बस्दा नेपाल प्रहरी जवानबाट  नेपाली चेलीवेटी माथि गरीएको अमानवीय ब्यबहारको उजगार गर्ने जमर्को गरेको छु।

काठमाण्डौमा अझै पनि पेट्रोल र ग्यास सहजै पाउन सकिएको छैन।घण्टौ सम्म लाईनमा बस्नु पर्छ।यसरी नै लाईनमा घण्टौ बसेर पनि पेट्रोल लिन नपाएको घटनामा आधारित हुँदै छु।मेरी श्रीमती मिति २०७२/११/१४ गते शुक्रबारको दिन दिनको ३ बजे पछि पेट्रोल आउने कुरा भाईबाट थाहा पाए पछि स्कुटीमा तेल नभएको हुँदा तेल भर्नको लागि नयाँ बजार स्थित जय कुमारी पेट्रोल पम्पमा लाईन लाग्न पुगिन।पेट्रोल ६ बजेबाट बितरण गर्ने भने पछि तेल भर्नेको लाईन लामो भईसकेको थियो।भाईले अगाडी नै जानकारी दिएको हुँदा उक्त लाईनमा भाईले नै बाईक राखि सकेको हुँनाले अलि सहज हुने सोचले तेल भर्न गएकी थिइन।वेलुकी ८ बजेबाट तेल बितरण गर्न सुरू भए पछि बिस्तारै लाईन अगाडी सर्दै थियो।मेरी श्रीमती लगभग ७ घण्टा लाईनमा बसे पछि तेल लिन पेट्रोल पम्पको मुखैमा पुगे पछि त्यहाँ सुरक्षाका लागि खटिएका पुलिसले उनीFullSizeRender (1)लाई तेल भर्न नदिई फर्काउन दबाब दिए।

आखिर किन तेल भर्न दिईएन भनेर प्रश्न गर्दा उल्टै ड्यूटीमा खटिएका पुलिसले दुरब्यबहार गरे।धेरै चोटी अनुनय विनय गर्दा पनि उनको कुरा सुन्नै चाहेन र अरूले बोल्न खोज्दा पनि बोल्न दिईएन्।त्यहाँ एउटै कारण थियो भाईले रिजर्भ गरेको ठाउँमा लगेर स्कुटी राख्यो भनेर।तर त्यसमा गल्ति त खासै थिएन किनकी बाईक हटाएर नै स्कुटी राखिएको थियो ताकि यस बिषयमा अगाडी पछाडी लाईनमा बस्ने सबैलाई जानकारी थियो।कुनै पनि ब्यक्तिहरूले नराम्रो भनेको थिएन तर एउटा महिला त्यहि पनि रातको ९ बजि सकेको अबस्थामा बास्तबिक कुरा सत्य हुँदा हुँदै पनि जो राष्ट्रको हामी जस्ता जनताले दिएको करबाट तलब भत्ता खाने राष्ट्र सेबक हुँ भन्न रूचाउने प्रहरी जबान साथै त्याहाँ खटिएर गएका रेडियो सेट बोकी काधमा फुली हाल्नेले अलिकति पनि मानवीय ब्यबहार देखाएनन् र ७ घण्टा सम्म लाईनमा बसेर पनि तेल नलिई फर्कनु पर्दा कति पीडा भयो होला।आखिर उसलाई गलत लागेको थियो भने किन पहिला नै भन्न सकेन? यदि निति नियमले नै तेल बाडेको भए किन बलिया र डर लाग्दा केटाहरू जबरजस्ती छिरेर तेल भरेर फर्कियो?के कानुन निति नियम चाहि निर्धो र कम्जोरलाई मात्र हो ?

यदि नेपाल प्रहरीको त्यस स्थानमा खटिएको प्रहरीमा अलिकति पनि दया भएको भए उनीलाई तेल भर्न दिने थियो तर त्यस माथि मानबीय भावना दया माया भन्ने कुरा नहुँदा तेल भर्न नदिएर एउटा नारी माथि अमानवीय ब्यबहार गरे।यो त मेरो परिवार माथि घटेको एउटा घटना मात्र हो तर यस्ता कयौ घटना समाजमा  घटि रहेका छन।आखिर कहिले सम्म हो कालो बजारी अनी कहिले सम्म हो अभाब ?नेपाली जनता अभाबै अभाबका बीच जीवन जीई रहेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१