लिभरपुललाई हराउँदै म्यान सिटीले जित्यो लिग कप फुटबलको उपाधि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ फाल्गुन २०७२, सोमबार ११:२९
म्यानचेष्टर सिटीले लिग कप फुटबलको उपाधि जितेको छ। गएराति भएको वेम्ब्ली रंगशालामा भएको फाइनल खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यान सिटीले लिग कप फुटबलको उपाधि उचालेको हो।
निर्धारित ९० मिनेटको खेलमा सिटीले खेलको ४९ औँ मिनेटमा फर्नान्डिनोको गोलबाट अग्रता लिएपनि जोगाउन सकेन। 
खेलको ८३ औँ मिनेटमा लिभरपुलका लागि काउटिन्होले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरित्त ३० मिनेटमा धकेलिएको थियो।
अतिरित्त समयमा पनि दुवै टोलीले गोल गर्न नसक्दा उपाधिको चिनोफानो पेनाल्टी सुटआउटबाट लिइएको थियो। 
पेनाल्टीमा सिटीका गोलकिपर काबालेरो हिरो बने। एनले लिभपुलका काउटिन्हो, लुकास  र एडम लालानाको पेनाल्टी रोकेका थिए।
सिटीका तर्फबाट याया टाउरे, सर्जियो अग्युरो र नाभासले गोल गरे।  लिभरपुलका लागि इर्मे कानले मात्र गोल गर्न सफल भए। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१