खोटाङ । घरको गाह्रोले किचेर खोटाङमा एक शिशुको मृत्यु भएको छ भने शिशुका बुबा–आमा गम्भीर घाइते भएका छन्। जिल्लाको पश्चिमी दुर्सिङ गाविस–१ मा गएराति करिब साढे १० बजे सुतिरहेको अवस्थामा घरको गाह्रो ढलेको स्थानीयवासी चक्र राईले बताए।
स्थानीय गणेश राई र भावना राईका छोरा डेढ महिनाका बुहाङ राईको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते गणेश र भावनालाई गाह्रोले च्याँपिरहेको अवस्थामा स्थानीयवासी र इप्रका, हलेसीले उद्धार गरेका छन्।
सुवास राईको निर्माणाधीन घर भत्किँदा घर नजिकै पाल टाँगेर सुतिरहेका उनीहरुलाई गाह्रोले च्याँपेर उनीहरु घाइते भएको राईले बताए। उनीहरु भूकम्पपीडित रहेको र घरधनी सुवासका बहिनी ज्वाईं रहेको बताइएको छ।
प्रतिक्रिया