क्याप्टेन दिनेशलाई अन्तिम श्रद्वाञ्जली दिइसकेपछि उनका बुबाले भने, ‘आफू मरेर यात्रु बचाउने हिरो’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ फाल्गुन २०७२, सोमबार ०७:२२

काठमाडौं। ‘आफू मरेर गए पनि छोराले साहसिक काम गरेको छ । ऊ सधैं अमर रहनेछ,’ नेपालगन्ज १३ कोरियनपुरस्थित घरमा पाइलट दिनेश न्यौपानेलाई अन्तिम श्रद्वाञ्जली दिइसकेपछि पिता मानदत्तले सबैलाई धैर्य रहन अनुरोध गर्दै भने । प्राविधीक गडबडी आएपछि आफ्नो ज्यानको माया मारेर छोराले साहसपूर्वक जहाज अवतरण गराएर सबै यात्रुलाई बचाउन सफल भएकोमा पिता मानदत्त गर्व गर्छन् ।dinesh

‘जहाजमा गडबडी आइसकेपछि छोराले गर्नुपर्ने सबै विधि अपनाएकै हो, इन्जिन बन्द गरी जहाजलाई आगलागी हुनबाट जोगाएर सबै यात्रुलाई बचाउनु साहसपूर्ण काम हो,’ उनले भने । यस्ता साहसिक व्यक्तित्वलाई राज्यले उचित सम्मान दिनुपर्ने आवाज चौतर्फीरुपमा उठिरहेको बेला बुबा मानदत्तले भने, ‘छोरालाई राज्यले कुन किसिमको सम्मान गर्नुपर्ने हो, त्यसबारे राज्यले नै सोच्नुपर्छ । मैले सम्मान मागेर हुँदैन, मलाई यो वा त्यो देऊ भनेर केही भन्दिन ।’ आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया