अख्तियारले सूदुरपश्मिका निजी अस्पतालहरुमा अनुगमन तथा छापा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७१, शुक्रबार १३:२१

प्रकाश बम/६ असार  ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालय दिपायलले सूदुरपश्मिका निजी अस्पतालहरुमा अनुगमन तथा छापा मार्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र औषधि विभागको सहभागितामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालय दिपायलले अनुगमन कार्यलाई तीब्र बनाएको हो ।timthumb

 निजी स्वास्थ्य क्षेत्रमा विकृति अनियमिता बढेको भन्दै जनगुनासो आएपछि अख्तियार केन्द्रिय कार्यालयले बुझ्न निर्देशन दिएपछि क्षेत्रीय कार्यालयले अनुगमन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयका उपसचिव विष्णुसिंह विष्टले बताउनुभयो ।आज डोटीमा रहेका निजी स्वास्थ्य क्लिनिकमा अनुगमन भइसकेको बताईएको छ । डोटी कञ्चनपुर र कैलाली सहित सुदूरका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा तथा दार्चुलाका स्वास्थ्य क्लिनिक पनि अनुगमन गरिने अख्तियारको क्षेत्रीय कार्यालय दिपायलले जनाएको छ । साथै हिजो डोटीमा गरीएको अनुगमनमा खटीएको टोलीले जसको नाममा क्लिनिक दर्ता भएको छ उसै ब्यक्तिलाईमात्र स्वास्थ्य संस्था तथा क्लिनिकमा आफै बसेर सेवा प्रदान गर्न निर्देशन दीईएको छ ।

प्रतिक्रिया