उकालो लाग्दै सौराहा पर्यटन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ फाल्गुन २०७२, सोमबार ०५:५०

श्यामसुन्दर पुडासैनी / सौराहा चितवन । हरियो घासे मैदानमा गैंडा । हात्तीमा बसेर गैंडा खिचिरहेका पर्यटक नदी किनारमा सजिलै देखिन्छन् , गोही लगायत विभिन्न जनावर । IMG_0720यो समयमा सौराहा घुम्दै रमाउनेहरुको विस्तारै घुईचो लाग्दैछ । झण्डै छ महिना भन्दा लामो नाकाबन्दीले थालिएको सौराहाको पर्यटन ब्यवसाय विस्तारै उकालो लाग्दै गरेको पर्यटन यवासायी बताउछन् ।
सौराहमा हात्ती सफारी, घोडा सफारी, जंगल वाक, बोटिङ र स्थानिय थारु समुदाय लगायतका सांस्कृतिक कार्यक्रम हुन्छ । विभिन्न जिव जनावरहरुको वारेमा अध्ययन अनुसन्धान गर्न सकिने संग्रहालय खुलै हुन्छन् । संग्राहलयमा सौराहमा पाईने सबै प्रजातिका जनावर हरुको अवेशस देख्न पाईन्छ । यसैगरी हात्ती प्रजनन् केन्द्रमा छावासहितका हात्ती हेर्दा समय कटेको पत्तै हुन्न । त्यसैले सौराहामा वर्षैभरि पर्यटक डुल्छन् ।
चितवन राष्ट्रिय निकुञ्जबाहिर राप्ती किनारको बस्ती सौराहा । उत्तर–दक्षिण फैलेको सौराहा बजारमा होटल, रिसोर्ट र रेस्टुरा छन् । सयभन्दा बढी होटल छन् । लामो समयदेखि लागेको अघोषित नाकाबन्दी खेलेसंगै सौराहमा पर्यकको आवागमन विस्तारै बढ्ने क्रममा रहेको क्षेत्रिय होटल व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन घिमीरे बताउछन् ।w
‘भूकम्पपछि सौराहामा पर्यटकको आवागमन ह्वात्तै घटेको थियो, विस्तारै पर्यटक आउने क्रम बढ्दै थियो,’ घिमीरेले भने, ‘त्यही वेला देखि नाकाबन्दी लागेकाले पर्यटकपनि घटे, अहिले नाकाबन्दी खुलेसगै विस्तारै पर्यटक बढ्दैछन अहिले नाकाबन्दी खुलेसगै विस्तारै पर्यटक बढ्दैछन ।’
निकुञ्जका अनुसार त्यहा ५ सय गैंडा छन । जंगलमा जीवजन्तु, मृग, रतुवा, जरायो, नीलगाई, बाघ, गैंडा, चरा आदि पनि प्रसस्त छन् । वसन्त ऋतुमा केही चरा बच्चा कोरल्छन् । चराहरु आफ्ना बचेरासंगै नदी छेउमा डुल्छन् । नजीकै नदीमा गोहीहरु तैरिरहेका हुन्छन् । काठे डुंगामा बोटिड गर्दै तलतल बग्दै जँदा किनारतिर थरीथरीका चरा हेर्न पाइन्छ । सौराहाबाट साइक्लिङ गर्दै बीस हजारी ताल समेत घुम्ने व्यवस्था छ । पर्यटन व्यवसायी केशव पाण्डेका अनुसार सौराहमा हात्तिमा समेत चढेर नुहाउने व्यवस्था छ । यो वर्षको सूरुवातादेखी संचालन गरिएको युनाइटेड हात्ती सञ्चालन सहकारी लिमिटेडले टिकट काटेर नुहाउने व्यवस्था मिलाएको छ । राप्तीमा हात्तीसँगै १५ मिनेट नुहाएको जम्मा एक सय रुपैया मात्र पर्दछ । ‘पुस–माघबाहेक १० महिना हात्ती स्नान गर्न सकिन्छ’ पर्यटन व्यवसायी पाण्डेले भने ‘बिहान जंगल सफारी सिद्धिएपछि हात्तीलाई राप्तीमा नुहाइन्छ । त्यही बेला पर्यटकलाई हात्तीसगै स्नान गराईन्छ । ’IMG_1179
हात्तिसंगै उट पनि
हात्ति घोडा मात्र हैन सौराहामा ऊट समेत चढ्ने सुविधा छ । पर्यटनकर्मी केशव खनालले ६ वर्षअघि भारतको बिहारबाट ऊट ल्याएर सफारी सुरु गराएका थिए । ऊटको जुरोमा बस्ने सिट राखिन्छ । त्यसमाथि यात्रु बसाइन्छ । माहुतेले ऊट डोयाउछन । तर हात्ती घोडा जसरी ऊट चढेर जंगल पस्ने होइन, बजार मात्र घुम्न सकिन्छ ।

मुल्य र सुविधा कस्तो

झण्डै ४० वर्ष नाघ्यो सौराहामा पर्यटन सुरु भएको । सरकारले ०३० सालमा चितवन राष्ट्रिय निकुञ्ज बनाएपछि पर्यटक आउन थालेको व्यवसायीहरुको भनाई छ । समयक्रम सगै पर्यटक बढ्दै जाँदा होटल थपिदै गएका छन् । होटलहरु अन्तराष्टिय स्तरका छन् , एसीयुक्त कोठा छन् । होटल परिसरमा निशुल्क वाइफाई सुविधा छ । हेल्थ क्ल्व स्मीड पुल हेलप्यिाड वार्वीक्युव लगायतका सुविधा छ ।IMG_2805
थारू चिचर र घुगीदेखि विदेशी परिकारसम्म पाक्ने रेस्टुरा छन् । सौराहाको बाघमारामा अत्याधुनिक होटल होटल ग्रिनपार्क चलाईरहेका व्यवसायी पाण्डे बताउछन् ।
हामीले अन्तराष्टिय क्वालीटीको सेवा दिएका छौ, ग्राहक पुर्ण सन्तुष्ट छन्, व्यवसायी पाण्डे भन्छन् , त्यसैले एक पटक आएका स्वदेशी पर्यटक दाहोयाएर आउछन्, विदेशी पर्यटक पनि पछि पुन आउने चहान राख्छन् ।

होटलले पर्यटकहरु प्याकेजमा घुमाउछन् । एक र दुई राते प्याकेज हुन्छ । दुई रात सौराहा घुम्न ७ हजार रुपैया । एक जनाको लागी एक दिनको लागी ४ हजार रुपैया शुल्क लाग्छ । त्यति रकमले काठमाडौं–सौराहा बसभाडा, हात्ती सफारी, बोटिङ, सांस्कृतिक कार्यक्रम र खानालाई तिर्न पुग्ने होटल सेभेन स्टारका मेनेजर दिपक घिमिरे बताउछन् । हाम्रो विशेषता भनेको सस्तोमा प्योकजमा अन्तराष्टिय लेभलको सुविधा दिने र पर्यटकलाई धेरै भन्दा धेरै मनोरञ्जन दिनु हो ।
क्षेत्रिय होटल व्यवसायीसंघका उपाध्यक्ष ज्ञानेन्द्र कुमार विष्टका अनुसार सौराहामा भएका होटलवीच मुल्य भन्दा गुणस्तरमा प्रतिस्पर्धा छ । ‘हामी प्राईस भन्न्दा भन्दादापनि स्ट्याण्डर यण्ड क्वालीटीमा हामी प्रतिस्पर्धी छौ ,’ विष्टले भने ।

sdsas
कसरी पुग्ने

काठमाडौबाट १ सय ६५ किमि टाढा रहेको छ सौराहाको लागी काठमाडौंको कान्तिपथबाट बिहान ७ बजे पर्यटक बस छुट्छन् । पर्यटक बसयात्रा आरामदायी हुन्छ । बसले ५ घन्टामा सौराहा पुयाउछन् ।

विषेश आकर्षण मकवानपुरे गैडाDSC09144

बाघ, हात्ती, गैंडा लगायतका जंगली जनावर हेर्न चितवनको सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको दिनह घुईंचो लाग्छ । यसरी आउनेमध्ये धेरैजना घरपालुवा हात्ती या जीपमा चढेर जंगल पस्छन् । जंगलभित्र जादा कहिले धित मर्नेगरी जनावर हेर्न पाइन्छ । कहिले चाहि हेर्न खोजेको जनावर देख्न पाईंदैन । तर हात्ती चढेर जंगल पस्दा पनि राम्रोसग गैंडा हेर्न नपाउनेहरुलाई हिजोआज राहत पुगेको छ । किनकी एउटा जंगली गैंडा मान्छे भएकै ठाउ जंगल छेउछाउ घुम्ने गर्छ । मान्छेलाई देखेर झम्टिंदैन । उसको आनीबानी थाहा पाएपछि हेर्न जानेहरु पनि उसको केही नजिक पुगेर धित मर्नेगरी हेर्छन् । मान्छेलाई नजिक देख्दा पनि हतपती केही नगर्नेे यो गैंडालाई मकवानपुरे नामले चिनिन्छ । मकवानपुरबाट झण्डै ६ महिना अघि उद्दार गरेर ल्याइएको हुनाले यसको नाम मकवानपुरे भएको लामो समय देखि माउतेको काम गर्दै आएका जगली चौधरीले बताए ।

यस वर्ष कति आए पर्यटक
सौराहामा गएको बैशाक यता झण्डै ५० लाख पर्यटक निकुञ्जको पुर्वी सेक्टरबाट मात्र सौराहा छिरेका तथ्याक छ । यो सडख्या गएको वर्ष भन्दा निकै निकै कम रहेको पुर्वी सेक्टरका छत्र बहादुर खड्काले जनाए ।
बैशाखमा भूकम्प गएकोले पर्यटक आवागमन ह्वात्तै घटेको चितवन राष्टिय निुञ्जको तथ्याडक छ । बैशाखमा ९ हजार ३ सय २१ पर्यटक सौराह भित्र घुमेका निकुञ्जको तथ्याक छ । यसैगरी भूकम्प गएकोकारण जेठमा पर्यटकको सडख्या धेरे घटेको छ । जेठमा जम्मा १ हजार ४ सय छ ५६ जना मात्र ृपर्यटक आएका छन् । यसैगरी असारमा १ हजार ३ सय ९५, साउनमा २ हजार ४ सय ८३ भदौमा २ हजार २० जना पर्यटक सौराहा आएको तथ्याडक छ । असोजमा ३ हजार ९ सय २४ , कात्तिकमा ७ हजार २ सय ५१ , मसिरमा ५ हजार १ सयर ८९ पर्यटक सौराहा घुमेका छन् । यसैगरी माघमा ७ हजार २ सय ३१ पर्यटक चितवनको सौराहा आएका छन् ।

aa

 

पशुपतिको जात्रा सिद्राको व्यपार
हात्ति ढुगा मात्र हैन, देवघाट, सिराईचुली, थारुको घरमा खाना खाने, शक्ति खोरमा प्याराग्लायडिड माडी व्यस्थापन

व्यवसायीका समस्या

हात्ति पाल्न गाह्रो
पार्क प्रवेश गर्ने पास समयअविधी बढाउन माग अहिले १ दिन मात्र, अव ३ वा ५ दिन बनाउनुपर्ने

जनावर उद्धार केन्द्र स्थापना पहल
माउले छोडेका, घाईतेलगायत
तालको छेउमा टावर स्थापना गर्नुपर्ने
सामुदायीक बन भित्र छ । ७ वटा मात्र छ । निकुञजको समन्वयमा संचालीत छ ।
मानव जनवर द्धन्द माडी हात्ति आतडक
माडी होस स्ेट बनाउ, जनावर वाट फाईदा लिउ
शौचालय, सडक बक्ति समस्या
१० बजे बन्द गर्नुपर्ने समस्या
विमानस्थल बनाउनुपर्ने

????????????????????????????????????

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१