चितवन । चितवनको पर्यटकीय केन्द्र सौराहामा सुबिधासम्पन्न होटलहरु मध्यको एक हो ल्याण्डमार्क फरेष्ट पार्क ।
पोखरामा ल्याण्डमार्क होटल संचालन गरिरहेको सम्राट ग्रुपले सौराहामा पनि सुबिधा सम्पन्न होटल विस्तार गरेको हो । सौराहा पुग्ने प्रत्येक पर्यटकको पहिलो रोजाई ल्याण्डमार्क होटलनै रहने गरेको सम्राट ग्रुपका प्रबन्ध निर्देशक सीएन पाण्डेले जानकारी दिए ।
‘हामीले गुणस्तरीय सेवा दिएका छौ साथै हामी खर्च गर्ने क्षमता भएका स्तरीय पर्यटकलाई लक्षित गरेका छौ ’ पाण्डेले भने-‘चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको होटलले स्तरीय पर्यटकलाई तान्ने बिश्वास लिएका छौं ।’ चितवन राष्ट्रिय निकुञ्जका जनावर, चराचुरुङ्गी, सामिप्यमा रहेको राप्ती नदी, त्यहाँबाट देखिने मनमोहक सूर्योदय र सूर्यास्तको दृश्य, आदिबासी थारु समुदायको सांस्कृति रहनसहन फरेष्ट पार्कको आकर्षण बन्ने पाण्डेले बताए ।
चितवनको ल्याण्डमार्क फरेष्ट पार्कमा करिव २० करोड लगानी भएको सम्राट ग्रुपले जनाएको छ । यसअघि पोखराको ल्याण्डमार्क होटलमा करिव ४० करोड लगानी भइसकेको र पोखरा ल्याण्डमार्कमा अझै स्तरबृद्धिको तयारी भइरहेको ग्रुपले जनाएको छ ।
करिव डेढ बिगाहा क्षेत्रमा स्थापित होटलमा ४६ वटा वातावरनुकुलित कोठा छन भने दुईवटा सुइट छन् । अन्तराष्ट्रिय र राष्ट्रिय खाना उपलब्ध गराउने रेस्टुरेन्ट, बार, सेमिनार कक्ष, वातावरण मैत्री आर्कषक वगैँचा, पौडी पोखरी लगायतका सुबिधा यसमा रहेका छन् ।
होटलमा सिंगल बेडका लागि ९५ अमेरिकी डलर, डवल बेडका लागि ११५, लन्चका लागि १५ र डिनरका लागि १८ डलर दर राखिएको छ ।
बिगत २ दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय सम्राट ग्रुपले ल्याण्डमार्क होटललाई काठमाण्डौं र लुम्बिनीमा पनि विस्तार गर्ने योजना बनाएको सम्राट ग्रुपका प्रबन्ध निर्देशक सीएन पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया