धुर्मुस सुन्तलीको प्रेरणाले सफा र सुन्दर बन्दै बर्दिबासको मुसहर बस्ती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ फाल्गुन २०७२, आईतवार १२:५३

महोत्तरी ।  महोत्तरीको बर्दिबास नगरपालिका २ मा रहेको मुसहर बस्तीका बालबालिकाले सरसफाई सप्ताह अभियान सुरु गरेका छन् । सरसफाईमा निकै कमजोर देखिएको मुसहर बस्तीका बालबालिकाले धुर्मुस सुन्तली सरसफाई अभियान अन्र्तगत बाल क्लब गठन गरेर अभियान सुरु गरेका हुन् । धुर्मुस सुन्तली सरसफाई अभियानलाई साथ दिन भन्दै मुसहर बालबालिकाले केहि समय अघि नव युग बाल क्लब गठन गरेका थिए ।   Dhurmus Suntali Musahar 5क्लबमा समेल मुसहर बालबालिकाहरुले शनीबार हातहातमा कुच्चो लिएर बस्ती सफा गर्नुका साथै सडक बढारेका छन् । एका बिहानै हातमा कोदालो बोकेर खेतखेतमा मुसाको दुलो खोज्दै हिँड्ने बस्तीका बालबालिका आफ्नो गाउँ सफा बनाउन लागि परेको नवयुग बालक्लवका अध्यक्ष अञ्जली सदाले बताएकी छिन् । शनिबार बस्तीका बालबालिका सरसफाइमा जुटेपछि वरिपरिका स्थानीयहरु चकित परेका मुसरहर बस्तिमा ट्युसन पढाउँदै आएका मञ्जय सदाले बताएका छन् । सरसफाइ र शिक्षामा सचेत हुन थालेपछि मुसहर बस्तीलाई छिमेकीले हेर्ने दृष्टिकोणमा परिवर्तन भएको उनको भनाई छ । युवा पत्रकार तथा समाजिक अभियान्ता राजकरण महतोको पहलमा मुसहर बस्तीमा बाल क्लब गठन हुनुका साथै सरसफाई अभियान सुरु भएको हो ।Dhumus Suntali Musar 8विद्यालयसमेत नजाने मुसहर बस्तीका बालबालिका धुर्मुस सुन्तलीले अभिभावकलाई सम्झाई बुझाई गरेपछि अहिले ट्युसनसमेत पढ्न थालेका छन् । मुसहर बस्तीमा सबै भन्दा बढि पढेका मञ्जय सदालाई धुर्मुस ( सिताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे)ले हौसल्ला प्रदान गर्न पुरस्कृत गरेपछि उनले आफ्नो बस्तीका करिब ६० बालबालिकालाई निःशुल्क ट्युसन पढाउदै आएका छन् । Dhurmus Suntali Musahar 2छोराछोरीलाई पढाउनु पर्छ भन्ने कुरा धुर्मुश र सुन्तलीले मुसहर समुदायका अभिभावकहरुको आँखा खोलिदिएको बस्तीकी मानकी सदाले बताएकी छिन् । यस्तै, धुर्मुस सुन्तली सरसफाई अभियान सफल बनाउन विभिन्न क्लब गठन हुनुका साथै संघ,संस्थाहरुले ऐक्यबद्धता जनाउने क्रम पनि जारी छ ।
तस्वीर:राजकरण महतो

प्रतिक्रिया