लोकगायक बद्री पंगेनीलाई ‘यूकेे’मा मनोपरी संस्था वेचेको आरोप

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७१, शुक्रबार ०८:२५

‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’का वरिष्ठ उपाध्यक्ष बद्री पंगेनीले ‘यूकेे’मा मनोपरी रुपमा शाखा विस्तार गरेपछि यस बिषयमा चर्को बहस सुरु भएको छ । प्रतिष्ठानको नियमित बैठकमा अधिकांश सदस्यहरुले पंगेनीले संस्थाको अपहेलना गर्दै शाखा विस्तार गरेकोमा आपत्ती जनाएका छन् । उनीहरुले पंगेनीलाई संस्था वेचेको आरोप समेत लगाएका छन् ।
आपशी परामर्श नै नगरी पंगेनीले यूकेमा शाखा खोलेपछि विवाद उत्पन्न भएको हो । पंगेनीले प्रतिष्ठानको निर्णय लत्याउँदै यूकेमा शाखा विस्तार गरेको भन्दै प्रतिष्ठानका अधिकांश सदस्यहरुले चर्को विरोध गरेपछि तत्कालका लागि यो काम अनुमोदन हुन सकेन । यो सँगै पंगेनीलाई पहिget_imgलो गासमै ढुंगा लागेजस्तै भएको छ ।
प्रतिष्ठानको केही समयअघि बसेको बैठकले असोजमा साधारण भेला बोलाएर शाखा विस्तारको बिषयमा आधिकारीक धारणा बनाउने निर्णय गरेको थियो । वुधबार बसेको बैठकले पंगेनीले संस्थाको व्यापार गर्न खोजेको भन्दै सदस्यहरुले चर्को विरोध गरेका थिए । १९ जना सदस्यहरु मध्ये शंकर वीसी र हुम गैरेले मात्र पंगेनीको कामको समर्थन गरेका थिए ।3
‘संस्थाको निर्णय विपरित मनोमानी रुपमा शाखा खोल्नु गलत हो’, एक सदस्यले भने । पंगेनीको यो निर्णय आधिकारीक नभएको उनको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१