जीवनको ११ मिनेटको कति महत्व हुन्छ ? सन्नी लियोनीको यो भिडियो बाट जान्नुहोस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ फाल्गुन २०७२, आईतवार ०९:१७

सनी लियोनीद्धारा अभिनित सामाजिक संदेश दिने उदेश्यले बनाईएको एक भिडियो अहिले सामाजिक संजालमा भाईरल भई रहेको छ । भिडियोमा जीवनको अतिम ११ मिनेट कति अमुल्य हुन्छ भन्ने देखाईएको छ । जुन अमुल्य ११ मिनेट केवल एक चुरोटको खिल्ली सेवन गर्नाले गुम्न सक्छ । भिडियोमा  परिवारको एक जना सदस्यलाई तिम्रो अन्तिम इच्छा के हो भनेर सोधिन्छ ।  ति युबकले आफ्नो अन्तिम इच्छा सनि लियोनसँग बिताउनु भएको भन्दै अन्य सबै प्रस्ताब इन्कार गर्छन् । उनको इच्छा अनुरुप नै सनि लियोन उनीसँग रात बिताउन तयार हुन्छिन । तर जब सनी लियोनी कोठामा उपस्थित भएको केहि मिनेट मै ति ब्यक्तिको मृत्यु हुन्छ र सनी लियोनसँग सुहागरात मनाउने उनको इच्छा पुरा हुदैन । यसै प्रसङ्गमा एउटा चुरोटको खिल्लीले ११ मिनेट आयु कम हुने र त्यहि चुरोटका कारण अन्तिम ११ मिनेटमा पुरा गर्न सकिने अन्तिम इच्छा पुरा नहुने देखाईएको छ । भिडियोमा सनी लियोनले सबैलाई धुम्रपान छाड्न अपिल गरेकी छिन् । सनी लियोन संगै भिडियोमा अभिनय गरेका दिपक डोब्रीयालले पनि धुम्रपान छोड्न सबैसँग आग्रह गरेका छन् । हेर्नुस भिडियो

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २२, २०८१