के गर्दैछन सलमान र लुलिया दुबईमा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ फाल्गुन २०७२, आईतवार ०९:०७

salman-luliaसलमान खान र लुलिया वन्तुर । पछिल्लो समय बलिउडमा सबैभन्दा धेरै लिइएका दुई नाम हुन् यी । सलमानलाई अदालतले ‘हिट एन्ड रन’ मुद्दामा सफाइ दिएपछि यी दुईको विवाह हुने कुरासम्म चल्यो । त्यसो त यो चर्चा अहिले पनि सेलाएको छैन । केही दिनअघि विवाहपछि सजिलो होस् भनेर सलमानले लुलियालाई हिन्दी सिकाउन थालेको खबर पनि आएको थियो । त्यस्तै, सलमान लुलियालाई भेट्न साइप्रस जाने कुराको पनि व्यापक गसिप बन्यो । तर, होइन रहेछ । सलमान र लुलिया त अहिले दुबईमा समय बिताइरहेका रहेछन् । विभिन्न मिडियामा सलमान दुबईमा भएको तस्बिर सार्वजनिक भएका छन् । ती तस्बिरमा सलमानसँगै एउटी युवती पनि छिन् । तर, युवतीको अनुहार देखिएको छैन । अनुमान गरिएको छ– ती युवती लुलियाबाहेक अरू कोही हुनै सक्दैन ।नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१