इक्यानको अध्यक्षमा प्रकाश पाण्डेको जित (मत परिमाण सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ फाल्गुन २०७२, आईतवार ०७:१४

12795377_1063233993741254_6217457953658646035_n (1)काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा प्रकाश पाण्डे निर्वाचित भएका छन् । पाण्डेले प्रतिद्वन्द्वी सरोजकुमार बस्नेतलाई २८ मतले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन ।

 पाण्डेले खसेको कुल २ सय ५६ मतमध्ये १ सय ४२ तथा बस्नेतले १ सय १४ मत प्राप्त गरे। निर्वाचित भएपछिको पहिलो सम्बोधनमा अध्यक्ष पाण्डेले आइतबार बिहानीपख आफू निर्वाचित भएको र यो बिहानीले इक्यान र समग्र कन्सल्ट्यान्सी व्यवसायमा नयाँ बिहानी ल्याएको बताए ।
त्यस्तै, उपाध्यक्ष पदमा बस्नेत समूहबाट राजेन्द्र रिजाल प्रथम उपाध्यक्ष, बस्नेत समूहबाटै निरज सिटौला र पाण्डे समूहबाट विष्णुहरि पाण्डे क्रमशः द्वतिय तथा तृतिय उपाध्यक्षका रुपमा निर्वाचित भए । उनीहरुले क्रमश १ सय २८, १ सय २६ तथा १ सय २३ मत प्राप्त गरेका थिए । विवादस्पद व्यवसायी तिमिल्सिनालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।
उपाध्यक्षका अन्य प्रतिद्वन्द्वि शालिकराम भण्डारीले १ सय २०, महेशबाबु तिमिल्सिनाले १ सय १४ तथा यशोधा भट्टराईले १ सय २ मत प्राप्त गरेका थिए । त्यस्तै, महासचिव पदमा प्रतिद्वन्द्वि महेश भण्डारीलाई ५९ मतले पराजित गर्दै १ सय ५५ साथ सन्तोष प्याकुरेल निर्वाचित भएका छन् ।
प्रथम सचिवमा १ सय ६२ मतका साथ देवीदास भट्टराई, तथा द्वतिय सचिवका रुपमा १ सय १७ मतका साथ उमेश ढुंगेल निर्वाचित भएका छन् । सचिवका उम्मेदवार रजनी श्रेण्ठले १ सय १० तथा अर्को उम्मेदवार श्रीराम पौडेल १ सय ८ मत प्राप्त गरे । त्यस्तै, कोषाध्यक्षमा खड्ग ताम्लिङ लिम्बुले निर्वाचित भए । उनले १ सय ४१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वि भरत रेग्मीले जम्मा १ सय ७ मत प्राप्त गरे ।
सह–कोषाध्यक्षमा रमेश वाग्लेले १ सय ४० मतका साथ विजयी भए । प्रतिद्वन्द्वि राकेश श्रेष्ठले मात्र १ सय १२ मत प्राप्त गरे । सदस्यहरुमा सबैभन्दा दीपकराज भुषाल (१६०), कमला बस्नेत (१४८), निरुपमा महर्जन (१४७), गोविन्द अधिकारी (१४०), प्रकाश श्रेष्ठ (१२३), भरत ढकाल (१२१), पुष्पराज भट्टराई (१२०), सुर्यबहादुर डाँगी (११६) र बिक्रम केसीले १ सय ९ मत प्राप्त गर्दै सदस्य पदमा निर्वाचित भए ।
 त्यस्तै अन्य सदस्यहरु बालकृष्ण श्रेष्ठ (बीके)ले १ सय ८, यज्ञविलाश पौडेल (वाइबी)ले १ सय ८, रितिका तण्डुकारले ९७, रमेश थापाले ९६, रमेश जोशीले ९४, बिदुर पौडेलले ९३, प्रदीप मण्डलले ९२, प्रशान्त शाहले ८४ तथा दयाराम थापाले ६५ मत प्राप्त गरेका थिए । फागुन १५ गते (इक्यान)को निर्वाचनको भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१