यी ७ खानेकुरा पुनः तताएर कहिल्यै नखानुस्,ज्यानै जान सक्छ !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ फाल्गुन २०७२, शनिबार १७:५९

ज्यानहामीमध्ये धेरैले खानेकुरा बारम्बार तताएर खाने गर्छौ । खानेकुरा तताएर खानु राम्रो हो तर, केही खानेकुरा तताएर खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यस्ता केही खानेकुराहरू जसलाई तताएर नखानु नै स्वास्थ्यका लागि उपयुक्त हुन्छ, जानौ के के हुन् :

– आलु : आलु पकाएर चिसो बनाएपछि बोटुलिज्म नामको ब्याक्टेरियाको उत्पादन हुन थाल्छ । यसले आलु बिषालु हुन जान्छ र यसले फुड प्वाइजनिंग हुन सक्छ । यसकारण आलु एक पटक मात्र पकाउनु या तताउनु राम्रो हुन् ।

– पालक : पालकमा आइरन र नाइट्रेट धेरै मात्रामा पाइन्छ । यदी पालकलाई पुन तताइए यसमा रहेको नाइट्रेट नाइट्राइट र कार्सिनोजेनिक तत्वमा परिवर्तित हुन्छ । यसकारण पालकलाई पुन तताउनु हुँदैन ।

– चिकन : फ्रिजमा राखेको चिसो चिकन पुन तताएर खानाले यसमा रहेको प्रोटिन कम्पोजिसन परिवर्तन हुन सक्छ । यसले खानापछि पचाउनमा समस्या हुन सक्छ र समस्या देखिन सक्छ ।

– तेल : केही अध्ययनहरूमा प्रमाणित भइसकेको छ की तेल पुन तताउनाले यसमा अलडिहाइड्स नामक केमिकल निस्किन्छ जुन बिषालु हुन्छ । सोयाबिन र सनफ्लावर तेलमा पनि यस्तै अवस्था सिर्जना हुन् । यो रसायनले न्युरो सम्बन्धी रोग र क्यान्सरको सम्भावनालाई बढाउन जिम्मेवार हुन्छ ।

– च्याउ : यसमा प्रोटिन कम्पोजिशन धेरै जटिल हुन्छ । यसकारण एक पटक जति च्याउ खाने हो त्यति मात्र बनाउनुपर्छ । जसले गर्दा पुन तताउन नपरोस् । पुन तताउनाले प्रोटिन यस्तो तत्वमा परिवर्तित हुन सक्छ जसले पाचन प्रणालीलाई असर गर्छ ।

– गान्टेमुला : पालक जस्तै गान्टेमुलामा पनि नाइट्रेटको मात्रा बढी हुने गर्छ । यसकारण गाण्टेमुला पनि सकेसम्म पुन तताएर नखानु नै फाइदाजनक हुन सक्छ ।

– अण्डा : अण्डालाई पुन तताएर खानबाट जोगिनु पर्छ । उच्च तापक्रममा अण्डालाई पुन तताउनाले यो बिषालु हुन्छ । यसको नकारात्मक असर पाचन प्रणालीमा पर्ने गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१