फुटबल महासंघ फिफा अध्यक्षमा इन्फान्टिनो निर्वाचित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ फाल्गुन २०७२, शनिबार १७:३६
phiphaफुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)को अध्यक्षमा जियानी इन्फान्टिनो निर्वाचित भएका छन्।
स्वीट्जरल्याण्डको जुरिचमा शुक्रवार भएको निर्वाचनबाट युएफाका पूर्व महासचिवसमेत रहेका स्वीट्जरल्याण्डका इन्फान्टिनो फिफाको अध्यक्षमा निर्वाचित भएका हुन्।
इन्फान्टिनोले आफ्ना तीन प्रतिद्वन्द्वीलाई पराजित गर्दै फिफाको अध्यक्ष बन्न सफल भए। पहिलो चरणमा कसैले पनि बहुमत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको थियो।
दोस्रो चरणको निर्वाचनमा इन्फान्टिनोले कुल २०७ मध्ये ११५ मत पाप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन ८८ मत प्राप्त गरे।
अध्यक्षका लागि जोर्डनका राजकुमार अली बिन अल हुसेन, फ्रान्सका जेरोमी स्याम्पेन र दक्षिण अफ्रिकाका टोक्यो सेक्सवेलले पनि प्रतिस्पर्धामा उत्रिएका थिए।
गत नोभेम्बरमा भएको निर्वाचनबाट पाँचौ कार्यकालका लागि फिफा अध्यक्षमा सेप ब्लाटर निर्वाचित भएका थिए। तर भ्रष्टाचारको मुद्दामा तानिएपछि ब्लाटरले निर्वाचित भएको चार दिनपछि नै राजीनामा दिएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१