बलिउड ‘स्टार’का ‘फ्लप’ पुत्रीहरू

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ फाल्गुन २०७२, शनिबार १७:३२

एजेन्सी  ।

आफूले रोजेको क्षेत्रमा काम गर्नुअघि नै परिवारको कोही सदस्य सो क्षेत्रमा छ भने सहज हुन्छ नै । तर, आफ्नो छुट्टै परिचय बनाउनका लागि परिवार हुनुले ठूलो अर्थ राख्दैन । आफ्नै क्षमता र लगनशिलता नै सफल बन्ने आधार हुन् । सय वर्ष उमेर पार गरिसकेको बलिउडका धेरै कलाकारहरु आफ्नो परिवारका कारणले फिल्मकर्ममा लागेका छन् । कति सफल भएका छन् कति असफल । यहाँ ‘बलिउड स्टार’का असफल छोरीहरुलाई प्रस्तुत गरिएको छ ।

ईशा देवलः हेमा मालिनीको अभिनय र सुन्दरताको प्रशंसा अझै पनि भइरहन्छ । हेमाका पति धर्मेन्द्र देवल पनि चर्चित अभिनेता भइहाले । तर, उनकी छोरी ईशा देवल भने चर्चित अभिनेत्री बन्न सकिनन् । ‘कोई मेरे दिलसे पुछे’ बाट फिल्मफेयर अवार्ड पाएपनि उनको करियरको रफ्तार चम्किलो बन्न सकेन ।
पुजा भट्टः महेश भट्ट बलिउडका चर्चित निर्देशक हुन् । उनकी छोरी पुजा भट्ट कुनै समय अभिनेत्री थिइन् । ड्याडी फिल्मबाट अभिनयमा डेब्यु गरेकी पुजाले सर, सडक, दिल हे कि मानता नहिँ, जख्मलगायतका फिल्म खेलिन् । तर, उनी चर्चित बन्न सकिनन् । पछि अभिनय छोडेर निर्देशनतिर लागिन् । यसै वर्ष उनी निर्देशित क्याबरेट रिलिज हुँदैछ ।
ट्विंकल खन्नाः राजेश खन्ना र डिम्पल कपाडिया आफ्नो जमानाका चर्चित कलाकार हुन् । डिम्पलका प्रशंसक अझै पनि उत्तिकै छन् जबकि राजेश–डिम्पलकी छोरी ट्विंकलका प्रशंसक कम छन् । वर्सात, जब प्यार किसीसे होता है, मेला, जोरुका गुलामलगायतका फिल्ममा काम गरेपनि अभिनयको जादु छर्न नसकेकी ट्विंकल अक्षयकुमारसँग बिहे गरेपछि व्यवसायतिर लागिन् र अहिले सफल व्यवसायी बनेकी छिन् ।
प्रतिभा सिन्हाः सन् ६० को दशकमा माला सिन्हा बलिउडमा चर्चित अभिनेत्री  थिइन् । तर, उनकी छोरी प्रतिभाले भने त्यस्तो कुनै प्रतिभा देखाउन सकिनन् । दर्शकले उनलाई जम्मा दुई फिल्म राजा हिन्दुस्तानी र परदेशीबाट याद गर्छन् ।
तनीषाः तनुजा एक समयकी चर्चित अभिनेत्री हुन् । उनकी ठूली टोरी काजोल दुई बच्चाकी आमा बनेपछि पनि अझै अभिनयमा सक्रिय छिन् । तर, कान्छी छोरी तनुजाले भने आफूलाई चर्चित बनाउन सकिनन् । बलिउडमा फिल्म नपाएपछि उनी अहिले दक्षिण भारतीय फिल्म ताक्न थालेकी छिन् ।
रिया र राइमा सेनः रिया र राइमा सेनकी आमा मुनमुन सेन र सुचित्रा सेन आफ्नो जमानाका चर्चित अभिनेत्री हुन् । छोरीहरु रियार र राइमा भने चर्चित हुन सकेनन् । बलिउडमा फ्लप भएपनि बंगाली फिल्मतिर लागेकी राइमाले अहिले एकखाले परिचय त बनाएकी छिन् तर रिया भने पुरै फ्लप रहिन् । उनी विवादका कारणले भने चर्चित छिन् ।
सोहा अली खानः सोहा अली खान सैफ अली खानकी बहिनी हुन् । सोहा र सैफकी आमा एक समयकी चर्चित अभिनेत्री हुन् । लामो समयदेखि बलिउडमा लागेपनि सोहा अझै संघर्षरत नै छिन्।
साशा आगाः सुपरहिट फिल्म ‘निकाह’बाट सशक्त अभिनय गर्न सक्ने परिचय बनाएकी पाकिस्तानी अभिनेत्री तथा गायिका सलमा आगाका कैयौं फिल्म हिट छन् । उनकी छोरी साशा आगा भने ‘औरंगजेब’ पछि फिल्मक्षेत्रबाटै वेपत्ता छिन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१