कपर्दी खेल्दा एक खेलाडी गम्भीर घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ फाल्गुन २०७२, शनिबार १३:५०

बिरामीसम्राट सिंह / बझाङ
सातौ  राष्ट्रपती रनिङ शिल्डको लागी भएको कपर्दी खेलमा एक खेलाडी गम्भिर घाइते भएकी छन ।  गर्जेपानी उच्च माध्यमिक विद्यालयमा भएको कपर्दी खेलमा प्रतिश्पर्धी खेलाडीको हातले गला च्यापिएर जनप्रिय उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा खेलाडी हेमा गिरी घाइते भएकी हुन । प्रतिश्प्रर्धी गर्जेपानी उच्च माध्यमिक विद्यालयकी एक छात्राको हातले घा“टीमा दवाव परेर ढलेकी गिरीको सदरमुकाम स्थित अमिसा अस्पतालमा उपचार भैरहेको छ ।
गिरीको घा“टीको सर्भाइवल इन्जुरी भएको र सिटी स्क्यान नगर्दा सम्म विरामीको अवस्था पक्ता नलाग्ने अमिसा अस्पतालका डाक्टर विवेक सापकोटाले बताए । घा“टीलाई आड दिनका लागी सर्भावल कोलर भन्ने उपकरण चाहिने उक्त उपकरण जिल्ला भरी नपाइएकोले प्राथमिक उपचारमा कठिनाई भैरहेको सापकोटाले बताए ।
गिरीलाई अक्सिजन मास्क लगाएर राखीएको र अक्सिजन झिक्ने वितिकै निस्सासिने गरेकोले जिल्लामा उनको उपचार सम्भव नभएको सापकोटाको भनाई छ । बझाङमा अक्सिजन सहितको एम्बुलेन्स उपलब्ध नभएका कारण सुविधायुक्त अस्पतालमा उनलाइ पुर्याउन कठिनाई भैरहेको जनप्रिय उच्च माध्यमिक विद्यालयकी शिक्षिका सुशिला ओझाले बताएकी छन ।
फोटो क्याप्सन ः अमिसा अस्पतालमा उपचाररत खेलाडी छात्रा हेमा गिरी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१