बिर्तामोडस्थित न्यूट्न्स एजुकेशन एकाडेमीको तेह्रौं बार्षिकोत्सव सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ फाल्गुन २०७२, शुक्रबार ०६:५०

3 copyबिर्तामोड।
बिर्तामोडस्थित न्यूट्न्स एजुकेशन एकाडेमीको तेह्रौं बार्षिकोत्सव विहीवार सम्मान तथा विज्ञान प्रदर्शनी, हस्त कला र चित्रकला प्रदर्शनी एवम् फुड फेस्टिवलका साथ सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतम शर्मा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाईंले प्रगति र भावी योजना लगायतका विषयमा जानकारी गराएका थिए । पूर्व अभिभावक देवीप्रसाद गिरी लगायतका अतिथिले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेको कार्यक्रमको प्रमुख अतिथि सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्ट रहेका थिए ।
कार्यक्रममा कुशल अभिभावकत्व निर्वाह गर्दै आफ्ना नानीलाई उचित शैक्षिक वातावरण प्रदान गरी विद्यालयका हरेक गतिविधिमा सकारात्मक सहयोग पु¥याउने अभिभावकहरु मदनकुमार–कुसुमदेवी अग्रवाल, विक्रम–रुमा लिम्बू र एकराज–सुजाता गिरीलाई सम्मान प्रदान गरियो ।
त्यस्तै उत्कृष्ट शिक्षकको रुपमा जेनि राई र उत्कृष्ट कर्मचारी इन्दीरा शिवाकोटीलाई नगदसहित सम्मान र पुरस्कार प्रदान गरियो ।
त्यस्तै प्रवेशिका परीक्षामा बढीभन्दा बढी विद्यार्थीलाई विशिष्ठ श्रेणीका साथ उत्तीर्ण गराउन सफल कम्प्युटर साइन्सका शिक्षक सुनिल आले र अंग्रेजी विषयका शिक्षक प्रेम घिमिरेलाई जनही १० हजारसहित पुरस्कृत गरियो ।
कार्यक्रममा पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाईँ, विद्यार्थी विविशा बुढाथोकी लगायतले मन्तव्य राखेका थिए । विद्यार्थीले आकर्षक गीत, नृत्य प्रस्तुत गरेको कार्यक्रममा शिक्षक मिनु शिवाकोटीले कविता वाचन गरेकी थिइन् ।
कार्यक्रमको सञ्चालन शिक्षक देवेन्द्र हुमागाईले गरेका थिए ।
उक्त अवसरमा विद्यार्थीले आफै सृजना गरेको प्राथमिक तहको हस्तकला र चित्रकला प्रदर्शनी, कक्षा ६देखि १२सम्मको विद्यार्थीको विज्ञान सम्बन्धी सृजनाको विज्ञान प्रदर्शनी र विद्यार्थीले विद्यालयमा हासिल गरेको ज्ञान उपयोग गरी तयार गरिएको खाद्य परिकारहरुको फुड फेस्टिबल समेत सम्पन्न भएको छ । ती प्रदर्शनी तथा फुड फेस्टिबलमा अभिभावकहरुको उत्साहजनक अभिरुची रहेको पाइएको शिक्षक कुमार कटुवालले जानकारी दिए ।
कक्षा नर्सरीदेखि १२सम्म पढाइ हुने न्यूट्न्समा १४ सय बढी विद्यार्थी अध्ययनरत् छन् । अडियो भिडियो लगायतका प्रविधिबाट अध्ययन अध्यापन हुँदै आएको उक्त विद्यालयमा +२मा व्यवस्थापन र विज्ञान संकायमा पठनपाठन हुन्छ । विद्यालयमा एक सय ७ सय शिक्षक कर्मचारी रहेको बताइएको छ ।
कार्यक्रममा सहभागी अभिभावकले उत्कृष्ट अध्ययन अध्यापन हुने शिक्षालयको रुपमा न्यूट्न्स एजुकेशन एकेडेमी अभिभावकको रोजगाईमा पर्ने गरेको भन्दै त्यसप्रति विद्यार्थीको आकर्षण बढेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१