नक्कली डाक्टरले सुई लगाउँदा महिला सिकिस्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ फाल्गुन २०७२, शुक्रबार ०६:३२

निजी अस्पताले लुट्यो एक रातको ३६ हजार1  
सम्राट सिंह /बझाङ
नक्कली डाक्टरले सुइ लगाउदा एक महिला सिकिस्त भएकी छन । सदरमुकाम चैनपुरमा मेडिकल संचालन गरिरहेका प्रविन मण्डलले दमकी विरामी कोटदेवल ३ रनाडा की ३५ वर्षिय लक्ष्मी बोहरालाई सुई लगाउदा साथ बेहोस भएकी थिइन । मेडिकलमा बेहोस भए पछि तत्काल चैनपुरको एक निजी अस्पतालमा पुर्याइएकी बोहरालाई अमिसा अस्पतालले एक रात उपचार गरेको करिव ३६ हजारको विल भिरायो । अमिसाको उपचार पछि पनि निको नभएकी लक्ष्मीलाई अहिले जिल्ला अस्पताल भर्ना गरिएको छ । उनको अवस्था खतरामुक्त नरहेको जिल्ला अस्पतालले जनाएको छ । 2
२÷३ वर्ष अघि देखी दमको रोगबाट पिडित लक्ष्मी कहिले कांही मण्डलको मेडिकलमा आएर औसधी किन्ने गर्थिन । “त्यस दिन मण्डलले औसधी माग्दा मंण्डलले सुई लगाए ठिक हुन्छ भने एक सुइ लगाउदा सम्म ठिकै थियो अर्काे सुई लगाउने विक्तिकै उनि बेहोस भइन ।” लक्ष्मीका भिनाजु मंगल कठायतले भने “सुई लगाएर बेहोस भएकी बोहरलाईं मण्डलले आफै बोकेर स्थानिय अमिसा अस्पतालमा पुर्याएछन” त्यो वेला देखी अहिले सम्म उनि बोल्न सकेकी छैनन । उनले लक्ष्मीलाइ डेक्सोना र डेरीफाइलिन इन्जेक्सन एकै पटक लगाएका थिए ।
श्रीमान भारतमा रोजगारीका लागी गएकी लक्ष्मीको घरमा एक ६ बर्षको छोरा बाहेक कोही आफ्न्त छैनन । आर्थिक अवस्था अत्यन्त नाजुक भएकी उनलाइ अमिसा अस्पतालले ७ गते राती भर्ना गरेर विहान डिस्र्चाज गर्यो । प्रत्येक दिन अस्पतालमा उपस्थित गराउने शर्तमा डिस्चार्ज गरिएकी उनलाइ ११ गते सम्म दिनको एउटा सुइ लगाउने काम भयो । तर उनको अवस्थामा सुधार भएन । सोही दिन दिउसो अस्पतालले ३५ हजार ६ सय ७० को विल भिराए पछी उनका भाइ कृण्ण थापा झस्किए । “एकै रातको ३६ हजार विल निकाल्ने अस्पतालमा हामी जस्ता गरिबले कसरी उपचार गर्न सक्छौ” उनका भिनाजु मंगलले भने “अरु दिन पनि राखेमा झन कति पो निकाल्ने हो भनेर जिल्ला अस्पताल भर्ना ग्र्यौ”
अमिसाले एउटा सादा कागजमा छाप लगाएर ल्याब टेस्ट गरेको १४ सय, औसधीको २५ सय ७०, अक्सिजन चार्ज १२ हजार, नेबुलाइजेसन गरेको २ हजार ७ सय, नर्सिङ चार्ज ४ हजार र विरामी ठिक पारेको चार्ज भनेर १३ हजार गरी ३५ हजार ६ सय ७० को विल दिएको छ । आफन्तबाट क्रृण काडेर १० हजार तिरिसकेका उनका भाइले अन्य रकम तिर्नका लागी अमिसाका कर्मचारीले आफ्नो पिछा गरिरहेको बताए । 3
अमिसा अस्पतालका कर्मचारी दिपक भण्डारीले सिकिस्त अवस्थामा आएकी विरामीको अस्पतालले उपचार गरेको र अस्पतालको नियम अनुसार शुल्क लिएको बताए । लक्ष्मीलाइ अमिसाका चिकित्सक डा. विवेक सापकोटाले उपचार गरेका थिए ।
लक्ष्मीलाइ जेनेरेटर चलाएर अक्सिजन दिइरहेको र उनको स्वास्थ्य अवस्था गम्भिर रहेको जिल्ला अस्पतालका डाक्टर पुर्ण धर्तीले बताएका छन ।
को हुन प्रविण मण्डल ?
भारतको बंगाल घर भएका प्रविण मंण्डल ७ वर्ष देखी बझाङ जिल्लामा बंगाल कै नागरीक मनितोष वालाले संचालन गरेको न्यु चैन मेडिकलमा काम गरिरहेका छन । उनले आफुले स्वास्थ्य सम्बन्धी कुनै पनि शैक्षिक योग्यता हासिल गरेका छैनन । यति सम्म की उनको सामान्य योग्यता पनि मेट्रिक पास नगरेको उनि आफै स्विर्काछन ।
उनले संचालन गरिरहेको मेडिकल बझाङका स्थानिय विश्वप्रकास जेठाराको नाममा दर्ता छ । तर विश्व प्रकास जेठारा कहिलै पनि सो मेडिकलमा बस्दैनन । उनले दिएको औसधीले धेरैलाइ असर गरेको भए पनि जिल्ला प्रसाशन र प्रहरीले मनितोसबाला लाई पक्राउ गर्दै छोड्दै गरेको छ ।
बुधबार मात्रै प्रहरीले प्रविण मण्डललाई प्रकाउ गरी सोधपुछ गरेर छोडेको छ । उ संग मेडिकल संचालन गर्ने प्रमाण छ की छैन भनेर सोधपुछ गरेको र छोडेको प्रहरी नायव उपरिक्षक लक्ष्मीराज अधिकारीले बताएका छन । मेडिकल संचालन गर्ने कुनै प्रमाण नभएका मंण्डललाई के आधारमा छोडियो भन्ने जिज्ञाशामा अधिकारीले आफु जिल्ला परिषदमा व्यस्त रहेको कारण त्यस बारेमा बुझ्न नपाएको प्रतिक्रिया दिए ।
प्रहरी प्रसाशनले उनिहरुलाइ पटक पटक पक्राउ गर्दै घुस लिएर छोड्ने गरेको स्थानियहरुको आरोप छ ।
फोटो क्याप्सन ः
१ ः जिल्ला अस्पतालमा उपचार गराइ रहेकी लक्ष्मी बोहरा
२ ः अमिसा अस्पताल
३ ः अमिसा अस्पतालले दिएको विल र १० हजार तिरेको भपाई

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१