पथरी (मोरङ) । नेपाल पुलिस क्लब विराट गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको सेमिफाइनल खेलमा आयोजक मोरङ फुटबल क्लबलाई पुलिसले १–० गोल अन्तरले पराजित गरेको हो । पुलिसको जितमा सुमन सुवेदीले ८९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
मध्यान्तरअघि पुलिसलाई दबाबमा राखेको मोरङको खेल विष्णु सुनवारले दोहोरो पहेंलो कार्ड खाएर मैदान बाहिरिएपछि १० खेलाडीमा सीमित बन्न पुगेको थिेयो । खेलको ‘म्यान अफ द म्याच’ पुलिसका सुमन सुवेदी घोषित भए । पुलिसले शनिबार फाइनलमा झापा ११ सँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया