विश्वलाई नेपाली पहिरन देखाएर फर्किए दिपक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ फाल्गुन २०७२, बिहीबार १०:५५

अमेरीकाको न्युयोर्कमा नेपाली गहना र पहिरनमा छाटिएका विदेशी मोडेलहरुसंग दौरा– सुरुवाल र ढाका टोपिमा सजिएका दिपक घिमिरलाई ¥याम्पमा देखेपछि त्याहाँ रहेका नेपालीहरुले हुटिङ गरे । हुन पनि विदेशी भुमिको त्यो भिँडमा दिपकले आफुलाई एउटा मौलिक पहिरनमा उभ्याएका थिए । दौरा सुरुवाल र ढाका टोपीमा ¥याम्प उत्रिएका दिपकले नेपाली पहिरनलाई विश्वमै देखाईदिए, त्यो पनि फेसनको रुपमा । उनी सो फेसन विक सकेर भर्खरै नेपाल फर्किका छन् । प्रस्तुत छ, उनै दिपकसंग राष्ट्रिय खबरका लागि पत्रकार नवराज कुँवरले गरेको कुराकानीको अंश ।deepak

विदेशीहरुको भिँडमा नेपाली ठिटो दिपक
हामी नेपाली मौलिक छौँ, हामी उत्कृष्ट छौँ भन्ने सन्देश दिँदै कलाकार दिपक घिमिरेले अमेरिकाको न्युयोर्कमा आयोजित फेसन विक ¥याम्पमा नेपाली पोसाकलाई फेसनको रुपमा उतारे । नेपाली मादलको तालमा दौरा–सुरुवाल र ढाका टोपी पहिरिएर दिपक प्रांगणमा आउँदा त्यहाँ रहेका नेपालीहरु दिपकको प्रस्तुति देखेर दंग परे । हुन पनि आफ्नो देशको मौलिक संस्कृति र पहिचान अन्तर्राष्ट्रिय मंचमा देख्न पाउँदा कसको छाती गर्भले उचो नहुँदो हो ।
पछिल्लो समय युवा पुस्तामा नेपाली पहिरन विस्मरण हुँदै गएको भन्ने टिप्पणीहरु हुने गरेका छन् । नेपाली पहिरनलाई विश्व फेसनसंग तुलना गरेर युवा पुस्तामा आफ्नै मौलिक पहिरनप्रतिको ‘क्रेज’ घटेको भन्ने टिप्पणीहरुकाबीच दिपकले विश्वकै फेसनको एउटा नमुना सहर मानिने अमेरीकाको न्युयोर्कमा आयोजित फेसन विकमा नेपाली पहिरनसहित ¥याम्पमा सहभागीता जनाएका थिए । अमेरीकाको न्युयोर्क सिटि फेसन दुनियाँको एउटा नमुना सहर मानिन्छ । विश्वका विभिन्न राष्ट्रहरुबाट आएका कलाकारहरु सहभागी रहेको सो ¥याम्पमा नेपाली पहिरन फेसनको रुपमा पुग्नु अत्यन्तै विशेष मानिएको छ । यसअघि भारतले आयोजना गरेको दुवै ग्लोबल फेस्टिबलको ¥याम्पमा समेत नेपालका तर्फबाट दिपकले प्रस्तुति दिएका थिए ।

नेपाली पहिरनलाई विश्वभरि देखाउने दिपकको चाहान
दिपकले विभिन्न देशमा नेपाली पहिरनलाई विश्वमा फेसनकै रुपमा चिनाउने गरि एउटा इभेन्ट अर्गनाइजर कम्पनि पनि दर्ता गराएर फर्किएका छन् । अमेरिकका एन्ड्रिस अकिनियोको अध्यक्षतामा एउटा कम्पनिसमेत दर्ता भएको छ त्यसको उपाध्यक्ष हुन् दिपक । दिपक भन्छन् ‘यो कम्पनिमार्फत हामी विश्वका अरु देशहरुमा पनि कार्यक्रमहरु आयोजना गर्न सक्छाँै र नेपाली पहिचानलाई विश्व बचारमा फेसनको रुपमा पस्किन सक्छाँै । राजा घिमिरे, सरस्मिता महर्जन युवराज भट्टलगायतका अग्रजहरु हुनुहुन्छ । उहाँहरु निर्देशक तथा इभेन्ट कोर्डिनेटर हुनुहुन्छ ।’
दिपकले याकमाण्डु फेसन स्टोरबाट झलक कार्कीको डिजाइनलाई फेसन विकको २३ औँ संस्करणमा प्रस्तुत गरेका हुन् । कुटियर फेसन विकमा कार्कीसंगै फेसन डिजाइनका लागि, राइजिङ स्टारबाट ऋषिप्रसाद ढकालले पनि सहयोग गरेका थिए । विदेशी मोडेलहरुलाई नेपाली गहन क्वीन्स डायमण्डले उपलब्ध गराएको उनले बताए ।

मोडेल भएर के गर्छस् भन्थे, आज वाह् दिपक !deepak 1
मोडेलिङमा प्रवेश गर्दा घरबाट खासै सहयोग नमिलेको बताउने दिपकले आजभोली देशको गरिमा उच्च पार्ने काम गरेको भन्दै घरबाटै वाहवाही पाउने गरेका छन् । भारतको अरुणान्चलमा जन्मिएर पनि नेपाल आएर नेपाली कला, संस्कृतिको जगेर्नाका लागि दिपक क्रियाशिल छन् । ‘हिँजो मोडेल हुँ भन्दा काम चाहिँ के गर्छौ भनेर सोध्नेहरु आज मेरो प्रशंसा गर्छन् खुशी लागेको छ ।’ उनले ।
प्रधानमन्त्रीबाट सम्मान पाएका दिपक
दिपकले बालबालिकाहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन तथा प्रोत्साहन गर्ने उद्धेश्यले विभिन्न कार्यक्रमहरु समेत चलाईसकेका छन् । नेपाल लिटिस्टार, जुनियर आइकन नेपालजस्ता कार्यक्रमहरु जिल्ला जिल्ला पुगेर संचालन गरेका दिपकले बालबालीकाको प्रतिभालाई प्रोत्साहन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले सम्मान समेत गरेका थिए । उनले राष्ट्रिय स्तरका कलाकारहरुलाई नेपालभरि नेपाल इफोर इन्टरटेन्टमेन्टको नामबाट दर्जनौँ सांस्कृतिक कार्यक्रमहरुसमेत चलाए ।

देशको इज्जत कुल्चिएर, पैसाको पछि दगुरिन
नाम चलेका नेपाली कलाकारहरु अमेरिका छिरेपछि उतै लुकेर बस्ने परम्परा तोड्दै दिपक ४ महिना अमेरिका बसेर फर्किए । उनले भने, ‘म यू एनको फेसन विकमा नेपालबाट छनौट भएको थिएँ । मैले मोडेलिङ गर्दै गर्दा त्यहाँ मैले एउटा टिम बनाएँ । जसले आगामी दिनमा नेपाली पोसाक, कला संस्कृति र देशको गरिमालाई अझै उचाईमा पु¥याउन सहयोग पुग्ने छ । मैले भाग्ने विचार गरिन किन भने म नेपालको प्रतिनिधित्व गरेर गएको मोडेल थिएँ । मैले मेरो देशको इज्जत कुल्चिएर पैसाको पक्षमा आफुलाई उभ्याउन चाहिन ।’

आगामी दिनमो उनको योजना
आगामी दिनमा प्रतिभाशाली बालबालीकाको क्षमता अभिबृद्धिका कार्यक्रमहरु संचालन् गर्ने उनको योजना छ । साथै विश्वबजारमा नेपालको पहिरनलाई स्थापित गराउने योजना उनले सुनाए । हामी अरुको पहिरन मन पराउँछौँ र लगाउँछौ तर अब हाम्रो पहिरन अरुले मन पराउने र लगाउने बातावरणको विकासमा म लाग्ने छु ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१