प्रहरी अप्रेसनको विरोधमा उपत्यकाका सबै म्यानपावर आजदेखि बन्द

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ फाल्गुन २०७२, बिहीबार ०९:३४

भिसा आएकालाई ७ दिनभित्र उडाउन निर्देशन

म्यानपावर

प्रहरीले छापा मारेको भन्दै राजधानीका सम्पूर्ण म्यानपावर कम्पनीहरु आजबाट बन्द भएका छन्।

ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखाले उपत्यकाका १८ वटा म्यानपावरमा हिजो छापा मारेपछि वैदेशिक रोजगार व्यवसायी महासंघले आजबाट सम्पूर्ण म्यानपावर बन्द गरी कामकाज ठप्प पारेको हो। प्रहरीले हिजो १४ जना म्यानपावर संचालकलाई पक्राउ गरेको थियो।

हिजो छापा मारेको म्यानपावर कम्पनीहरु-

१, भेरी कर्णाली इन्टरनेसनल काठमाडौं ७
२, शिखर इन्टरनेसनल म्यानपावर सर्भिसेस बत्तिसपुतली
३,इनोभेटिभ हुमन रिर्सोस
४, द रिभर ओभरसिज
५, नेपाल रिक्रुमेन्ट प्रालि, सुकेधारा
६, शान्ना इन्टरनेसनल चावहिल
७, अल सेक्योर म्यानपावर
८, एबी इम्प्लोइमेन्ट, एयरर्पोेट
९, फामेली हुमन रिर्सोस
१०, मोबिरा एच आर बसुन्धरा
११, गोरखा नेपाल प्रालि बसुन्धरा
१२, लाइफ लाइन ओभरसिज गंगबु
१३ सान इन्टरनेसनल ललितपुर
१४,एसआरएस ओभरसिज प्रालि
१५, डिडि ओभरसिज तिलगंगा लगायतका अन्य म्यानपावरहरु।

जसमा ३ जना महिला संचालक पनि छन्।प्रहरीले आफ्नो कार्यक्षेत्रबाहिर गएर म्यानपावर कम्पनीमा छापा मारेको महासंघले जनाएको छ। आजबाट म्यानपावर बन्द भएपनि भिसा आएर विदेश जान ठिक्क परेकाहरुलाई सात दिनभित्र उडाउन पनि महासंघले सबैसंग आग्रह गरेको छ । उपत्यकामा ६ सय २५ भन्दा बढी म्यानपावर कम्पनी छन्।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१