सभापति पदको लुछातानीले नेपाली कांग्रेस पार्टीको भविष्य अन्यौलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ फाल्गुन २०७२, बिहीबार ०५:१७

karnaनेपाली कांग्रेस पार्टीको आसन्न तेह्रौ माहाधिवेशनको पूर्व सन्ध्यामा नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरू माझ गर्मा गर्मी चढ्दै गई रहेको छ। गाँउ,इकाई,क्षेत्र र जिल्लाको अधिवेशन लगभग सकि सकेको अवस्था छ।कुन जिल्ला कुन क्षेत्रबाट को बिजयी भए त्यो सबैलाई जानकारी नै छ त्यसैले यस बिषयमा कसैले पनि यो संस्थापन र यो देउवा पक्ष साथै अन्य गुटहरू हुन भनि रहनु पर्दैन।जिल्ला तहबाट चुनिएर आउनु भएका माहासमिति सदस्य र माहाधिवेशन प्रतिनिधिहरूले कसलाई कसरी र कुन अबस्थामा पार्टी सभापति लगाएत अन्य केन्द्रिय कमिटीका पदाधिकारीहरूलाई जिताउने भन्ने कुरा मतदान गर्दा नै भर पर्ने कुरा हुन किनकी मतदान भन्ने कुरा आफ्नो अधिकारको कुरा हो। अहिले जति पनि अनलाईन पत्रिकाहरू र सामाजिक संजालहरूमा यो पक्ष र उ पक्ष भनी कागजी लडाई लडि रहेका छन यस्तो हुनु भनेको पक्कै पनि राम्रो होईन।यस्तो परिस्थिति देख्दा अचम्म पनि लागेर लागेर आउछ। अचम्म लाग्नु स्वभाविकै पनि हो।नेपाली कांग्रेस पार्टीको आउदै गरेको १३औ माहाधिवेशनको सेरो फेरोमा नेपाली कांग्रेसका हस्ति हुँ भन्ने नेता जी हरूको यो परिस्थितिमा निस्किएका बिचारहरूलाई हामीहरूले पनि मनन गर्ने हो की ? नेपाली कांग्रेसका केन्द्रिय तहमा रहेर पार्टी हाकि रहेका नेताहरू सभापति पदका लागि लालयिता भएर तछाड मछाड गरी रहेका छन।सभापति पदका लागि तछाड मछाड गर्ने नेताहरूमा शेर बहादुर देउवा,रामचन्द्र पौडेल,कृष्ण सिटौला,प्रकाश मान सिंह श्रेष्ठ,सुजता कोईराला,डा.राम शरण महत र अर्जुन नरसिंह केसी छन भने माहामन्त्रि पदका लागि गगन थापा,शशांङ्क कोईराला,खुम बहादुर खड्का लागि परी रहेका छन।नेपाली कांग्रेस पार्टी प्रजातान्त्रिक प्रणालीलाई आत्मसाथ गर्दै अगाडी बढ्ने पार्टी हो र सधै लोकतन्त्रलाई नै सर्वोपरी ठानेर अगाडी बढ्ने पार्टी हुँदा यसरी सभापति पदका लागि इच्छुक भएर दावा गर्नु अबैधानिक त होईन तर पनि नेताहरूले आ-आफ्नो औकात र हैसियत त भुल्नु भएननी नेपाली कांग्रेस पार्टी प्रति आबद्ध भई चार तारे झण्डा माथि आस्था राख्दै अगाडी बढि रहेका कार्यकर्ताहरूले यी नेताहरूको जीवनी नै पढि सकेका छन। कुरा एउटै हो पार्टी भित्र कार्यकर्ताले तपाई भन्नु भन्दा आफै मपाई बन्ने प्रबृतिको हावी हुँदै छ।त्यसैले नेता ज्यूहरूले कुनै पनि कुरा गर्नु भन्दा पहिले आफ्नो बिगतका जीवनी तिर फर्केर हेर्दा पनि हुने थियो की ? नेपाली कांग्रेस पार्टीको सभापति पदका लागि उमेदवारी दिन्छु भन्नेहरू सबैको हैसियत त छ पार्टी सभापति बन्ने? के पार्टी भित्र मर्यादा क्रम र बरियताक्रम हुनु पर्दैन र ? पार्टीका हितका लागि बिगतमा दिनहरू देखि नै दिएको योगदानको कदर हुनु पर्दैन र ? त्यसैले यस्ता केहि कुराहरू तर्फ पनि ध्यान दिनु होला।जसरी नेपाली कांग्रेस केन्द्रमा संचालन भएको छ त्यसै गरी जिल्ला,क्षेत्र,इकाई,गाँउ लगाएत बिभिन्न भातृ संगठनहरू चलेको छ।पार्टी बिधानकै सेरो फेरोमा चलेको छ भने संगठन पनि बिधानमा नै बाधिएर चलेको छ।त्यसैले केन्द्रले नै पहिले राम्रो नमुना बनाएर देखाउन सक्नु पर्दछ।त्यस पछि मात्र अरू सबै तह र तप्काहरूमा सहि नितिले चलाउन सकिन्छ।तपाईहरूमा चेतनाको बिकास हुन जरूरी छ।केन्द्र हाक्नेहरू नै पदिय लोभ लाल्चामा फसे पछि तल्लो तहको स्थिति के होला? त्यसैले पहिले केन्द्रबाट नै बिधि र बिधानको नियम लगाएर चल्न सक्नु पर्यो।केन्द्रबाट नै सुधारीएर गएन भने पक्कै पनि पार्टीको भविष्य राम्रो हुने छैन पार्टी दलदलमा फस्ने छ। पार्टी सभापति शुशिल कोईरालाको अबसान पछि पार्टी भित्र जुन किसिमको खडेरी लागेको छ त्यो खडेरीलाई हराभरा गरेर लैजाने ब्यक्तिको खाँचो छ।पक्ष बिपक्ष भन्दा पनि सबैलाई मिलाएर लैजाने वाताबरण सृजना गर्ने नेतृत्वको खाँचो छ।आखिर त्यो नेतृत्व गर्न सक्ने को हुन र कसले गर्न सक्ला भन्ने बारे माहाधिवेशनमा भाग लिने सबैले बुझ्न जरूरी छ।अब पार्टीको सहि नेतृत्व यो तेह्रौ माहाधिवेशनमा छान्न सकेनौ भने कांग्रेस पार्टी अन्धकार तिर धकेलिने पक्का छ। नेपाली कांग्रेसका कार्यकर्ताको मनोभावनालाई नेताहरूले कदर गरे मात्र कांग्रेस बलियो र मजबुद हुन सक्छ यदि नेताहरूले दुविधा सृजना हुने कुराहरू गर्दै गयो भने पार्टी प्रति आस्था राख्ने राष्ट्र,राष्ट्रियता,लोकतन्त्र र समाजबाद मान्ने कार्यकर्ताको भावनामा पक्कै पनि चोट पर्ने छ त्यसैले पार्टी भित्र निष्ठाको राजनिति गरू पैसा र शक्तिको होईन।तपाई निष्ठावान भयो भने कार्यकर्ता पनि निष्ठावान हुने छ।पार्टी भित्र बसेर कसैले पनि घमण्ड नगरौ।एकले अर्कोलाई सम्मान गर्न सिकौ।देश र जनताको हितका लागि राजनिति गरौ ब्यक्तिगत स्वार्थका लागि होईन।

जय नेपाल।

कर्ण बहादुर अधिकारी हाल मकाउ,चीन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१