बाबु संजयको रिहाइमा छोरीले यसरी साटिन खुशी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ फाल्गुन २०७२, बुधबार १५:११

timthumbमार्च १२, सन् १९९३ को मुम्बई बम धमाकामा अवैधरूपमा हतियार राखेको अभियोगमा दोषी ठहरिएका बलिउड अभिनेता संजय दत्त भोली बिहिबार कैद मुक्त हुँदैछन्। उनी रिहा हुने खुशीमा उनकी एकमात्र छोरी त्रिशाला दत्तले मंगलबार राती इन्स्टाग्राममा संजय अभिनित ‘काँटे’को ‘इश्क समन्दर’ बोलकोन गीत पोस्ट गरेकी छन्।

गीत पोस्टसँगै उनले ‘अहिले मुम्बईमा १२ बजेको छ। त्यसको मतलब २४ घण्टापछि मेरो सिंह कैदबाट आफ्नो जंगल फर्किनेछ।’ लेखेकी छन्।

यस अगाडी पनि शनिबार उनले संजयको चर्चित फिल्म ‘खलनायक’को एक हाँस्य दृश्य इन्स्टाग्राम सेयर गरेकी थिइन्। उनले सो पोस्टमा पनि ‘ दिनगन्ती सुरू भएको छ। मेरो अटल मान्छे पावच दिनपछी सदाको लागि मुक्त हुँदै तीन वर्षपछि घर आउँदैछन्।’ लेखेकी थिइन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१