इक्यान सदस्य र नेतृत्व विच मध्यस्थकर्ताको काम गर्नेछु : दिपकराज भुसाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ फाल्गुन २०७२, बुधबार ०७:२२

 bhusal1 नेपाल शैक्षिक परामर्श संघ इक्यान यति वेला चुनावि सरगर्मीले तातेको छ ।विभिन्न पदका लागी उमेद्वारीको घोषणा गर्ने होडबाजी नै चलेको छ ।विभिन्न शैक्षिक परामर्शदाता ब्यवसाय सञ्चालन गरेका ब्यवसायीहरु दुई बटा छुट्टा छुट्टै प्यानल बनाएर चुनावि मैदानमा उत्रिएका छन् ।लामो समय देखि शिक्षा क्षेत्रमा काम गरिरहेका दिपकराज भुसाल युवा उद्यमी हुन् ।उनले त्रिभुवन विश्वविद्यालयबाट जिओलोजीबाट एमएससि गरेका छन् भने सिक्किम मनिपाल विश्वविद्यालयबाट आईटिमा एमएससि गरेका छन् ।सन् २००९ देखी सक्रिय सदस्यको रुपमा इक्यानमा आवद्ध भएका भुसाल बागबजार स्थीत ईनलाइटेन एजुकेशन कन्सलट्यान्सीका सञ्चालक हुन् ।विश्वका थुप्रै देश भ्रमण गरिसकेका उनले अमेरिका ,अस्ट्रेलीया,न्यूजील्याण्ड,जापान जाने विद्यार्थीलाई परामर्श दिदै आएका छन् ।इक्यानको विभिन्न विभागमा रहि आफ्नो कार्य दक्षता देखाइसकेका उनले आगामी निर्वाचनका लागी प्रकाश पाण्डे नेतृत्वको प्यानलबाट केन्द्रिय सदस्य पदका लागी उमेद्वारी घोषणा गरेका छन् ।उनै जुझारु युवा उद्यमी भुसाल संग एजुकेशन न्यूजले गरेको कुराकानिको मुख्य अंस ।

तपाई इक्यानको चुनावि मैदानमा उत्रिनुभएको छ ,इक्यानको केन्द्रिय सदस्यमा विजयी हुने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
म लामो समय देखि इक्यानको सक्रिय सदस्यको रुपमा काम गर्दै आएको छु ।मैले आफुले पाएका जिम्मेवारी सफल रुपमा पुरा गरिसको छु र आगामी दिनमा पनि सबै संग सहकार्य गरी आफ्नो कार्यदक्षताले पाएका भुमीका निर्वाह गर्ने प्रण गर्दै यस पदका लागी उमेद्वारी दिएको हु । मलाई सबै साथीहरुले समर्थन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।
इक्यानमा दुईवटा प्यानल देखीएका छन् ,तपाई ईक्यानको कार्यसमितिमा रहि काम गरेर देखाउछु भन्नुहुन्छ काम गर्ने वातावरण सहज बन्ला त ?
हामी सबै ब्यवसायीक साथीहरु नै छौ र सबैले यो व्यवसायलाई माया गर्ने हुदा भोलीका दिनमा काम गर्न सबै संग मिलेर अगाडि बढ्न आवश्यक छ । राज्यका निकाय संग परामर्श गर्दै अगाडि बढ्न सकेमा यो व्यवसायलाई छुट्टै उचाई दिन सकिन्छ भन्ने विश्वास लिएको छु ।यो व्यवसायीक प्यानल हो र हाम्रो संस्थालाई एउटा उचाइमा पु¥याउन सक्षम नेतृत्वको आवश्यकता छ ।
चुनावि माहोल ताते संगै उमेद्वारी घोषणा गर्ने त होडबाजी नै चलेको छ के भन्नुहुन्छ ?

bhusal

संस्थामा सक्षम नेतृत्वको आवश्यकता हो र काम गर्न सक्ने क्षमता भएको ब्यक्ती नै नेतृत्वमा जानुपर्छ ।केही महत्वकाक्षी साथीहरुले हतारमा निर्णय गर्दा यस्तो देखीएको हो चुनावि नतिजा संगै एउटा सुन्दर नयाँ कार्यसमिति नर्माण हुनेछ ।
तपाईले केन्द्रिय सदस्य पदका लागी उमेद्वारी दिइरहदा तपाईका एजेण्डाहरु चाहि के के छन् ?
इक्यानका साधारण सदस्यहरुका समस्याहरुलाई इक्यान कार्यसमितिमा पु¥याउने पुलको काम गर्दै समस्या समाधानमा सहयोगी भुमिका खेल्ने काम गर्नेछु ।इक्यान कार्यसमितिमा रहि जिम्मेवारी पुर्वक काम गर्दै सस्थाका एजेण्डा अनुरुप अघि बढ्ने प्रयत्न गर्नेछु ।इक्यान इन्डोर्स कलेजको अवधारणलाई कार्यान्वयन गर्न पहल गर्नेछु ।विभिन्न देशका कुटनितिक नियोग संग सम्बन्ध बढाउन पहल गर्नेछु ।
परामर्श व्यवसाय मर्यादित हुन सकेन भन्ने आवाज उठिरहेका छन् ।तपाई के भन्नुहुन्छ ?
यो पढेलेखेकालाई परामर्श दिने ब्यवसाय हो यहाँ सबै सही सल्लाह र सुझाव दिनुपर्ने हुन्छ तर केही त्यस्ता बढ्नियत भएका परामर्शदातका कारण यो व्यवसाय नै धमिलिन पुगेको हो ।यस्तो स्थीतिबाट यो ब्यवसायलाई उठाउन नै राम्रो नेतृत्व आवश्यक भएको हो ।
अन्त्यमा सबै परामर्शदातृ व्यसायीहरुलाई के भन्न चाहानुहुन्छ ?
यो नितान्त व्यवसायीक संस्थाको चुनाव हो ।यहाँ कुनै पूर्वाग्रह नराखि सक्षम नेतृत्व चयन गर्ने प्रयास गर्नुस । यो संस्थालाई सक्षम नेतृत्वको खाचो छ । हामी यो संस्थामा रहेर काम गरेर देखाउन चाहान्छौ त्यसैले सबै साथीहरुले समर्थन गरी मतदान गर्नुहुनेछ भन्ने अपेक्षा लिउको छु । educationnews बाट

pandey

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१