ईक्यानको निर्वाचन शनिबार,पाण्डेको समूह अगाडि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ फाल्गुन २०७२, बुधबार ०७:१३

काठमाडौं । शैक्षिक परामर्शदाताहरुको  छाता संगठन नेपाल शैक्षिक परामर्श संघ –(ईक्यानं) को निर्वाचन आगामी शनिबार हुने भएको छ । निर्वाचनले दुई वर्षका लागि एक अध्यक्ष, महासचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष,दुई सचिवसहित २१ जनाको कार्यसमिति चयन गर्ने संघका कार्यालय सचिव रुद्र रेग्मीले बताए । २०५४ साल भदौ १३ गते स्थापना भएको संघका संस्थापक अध्यक्ष श्रीकृष्ण श्रेष्ठ हुन् ।  उत्तम पन्त दुई कार्यकाल र राजेन्द्र बराल पनि दुईपटक अध्यक्ष भइसकेका छन् । निर्वाचनमा दुई सय ८२ जनाले मतदान गर्ने छन् । ‘ जसको नाममा कम्पनी दर्ता भएको छ उसको सिफारिसमा श्रीमान वा श्रीमतिले मतदान गर्न पाउँछ ’ कार्यालय सचिव रेग्मीले भने–‘मतदानका लागि कि त संघको आधिकारीक सिफारीस नै चाहिन्छ कि त अन्य प्रमाण पुग्ने कागजात ।’ वर्तमान अध्यक्ष बरालले संघलाई यहाँसम्म पुर्याउन धेरै दुख गरेको बताए । ‘कहिले सरकारसंग त कहिले प्रशासनसंग सधैं लडाई गर्नुपरेको छ, धन्न गरिरहेको छौं ’अध्यक्ष बरालले भने–“अबको नयाँ नेतृत्वले भइरहेका उपलब्धीलाई बचाएर व्यवसायीको हकहितमा काम गर्नुपर्ने खाँचो छ ।’ अध्यक्षका उम्मेदवार प्रकाश पाण्डेले आफू संघमा पुरानो मान्छे भएकाले त्यहांभित्रको दुखसुख बुझेको बताए ।pandey“अहिले केही समस्या देखिएको छ भनेर बारम्बार गुनासो हुंदै आएको छ, व्यवसायलाई स्वच्छ र मर्यादित बनाउन मेरो उम्मेदवारी हो ’ पाण्डेले भने । बरालको समर्थन पाण्डेलाई भएकाले उनको समूह अगाडी देखिन्छ । ईक्यानमा बरालको भूमिका प्रभावकारी रहेको छ र निर्णायक पनि मानिन्छ । पाण्डेसंग सरोज कुमार बस्नेतको समूह प्रतिस्पर्धामा उत्रिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१