कस्तो बनाउँदैछ जाइकाले वीर अस्पताल र प्रसुती गृह ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ फाल्गुन २०७२, बुधबार ०६:१७
jaikaजापानी सहयोग नियोग (जाइका)ले भूकम्पले चर्काएका वीर अस्पताल र प्रसुती गृहको नयाँ भवन निर्माण गरिदिने भएको छ।
बुधबार नेपाल सरकार र जाइकावीच यस सम्बन्धी सम्झौता भएको छ। अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका तर्फबाट सहसचिव बैकुण्ठ अर्याल र जाइका प्रतिनिधी सुतोम सिमोजुले हस्ताक्षर गरेका हुन्।
वीर अस्पताल र प्रसुती गृहका साथै जाइकाले सिन्धुपाल्चोकमा खानेपानी ट्रिटमेन्ट प्लान्ट र गोरखाको बारपाक जाने सडकखण्डमा पुल समेत निर्माण गर्ने भएको छ। तीन अर्ब ५० करोडमा चारै स्थानमा भौतिक संरचना निर्माण गर्ने जाइकाले जनाएको छ।
यी चारै स्थानमा भौतिक संरचना निर्माण पश्चात् नेपाल सरकारलाई हस्तान्तरण गरिने छ।

प्रतिक्रिया