जियोनिले लञ्च गर्‍यो नयाँ फ्ल्यागशीप, इलाइफ एस एट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ फाल्गुन २०७२, बुधबार ०६:१४
टेलिकम्युनिकेशन कम्पनी जियोनिले औपचारिक रुपमा आफ्नो नयाँ ब्राण्ड परिचय बार्सिलोनामा मोबाईल वल्र्ड कंग्रेसमा ग्राहकमाँझ ल्याएको छ।app
कम्पनीले आफ्नो नयाँ लोगो र नयाँ ट्यागलाइन “मेक स्माइल्स“ पनि संचालनमा ल्याएको छ । साथै कम्पनीले आफ्नो नयाँ फ्ल्यागशीप, इलाइफ एस एट पनि सोहि कार्यक्रमबाट विमोचन गरेको छ । एस एटमा झन्झटरहित भिडियो तथा फोटो सुुटिंग सिस्टम, थ्री डी टच र विश्वकै पहिलो अदृश्य लुप एन्टेना भएको पूर्ण मेटालिक, लुप मेटल डिजाइन रहेको छ । फोनमा फिन्गरप्रिन्ट स्क्यानर पनि छ । ४ जीबी ¥याम रहेको फोनमा १६ जी बी इन्टरनल स्टोरेज छ जसमा कार्ड मार्फत २०० जी बि अझ थप्न सकिन्छ । एस एट मार्फत जियोनिले एन्ड्रोइडमा थ्री डी टच ल्याएको छ । जियोनिले एस एटमा रोचक साइडबार पनि थपेको छ । एस एटमा एन्ड्रोइड ६ मा आधारित अमिगो ३.२ ओ एस छ ।
एस एटमा कोरिंग गोरिल्ला ग्लास सुरक्षा रहेको ५.५ इन्चको एमोलेड स्क्रिन छ। फोनमा अत्याधुनिक क्यामेरा सिस्टम रहेको छ जसले अत्यन्त छिटो र मिल्दो फोकस गर्न सक्दछ । यो पहिलो स्मार्टफोन हो जसले आर डब्लु बी प्रविधि, एफ १.८ अपेर्चर र सिक्स पी लेन्सको प्रयोग गरेको छ जसबाट मधुरो प्रकाशमा पनि उत्कृष्ट फोटो खिच्न सकिन्छ।
एस एटमा १६ मेगापिक्सल्को रियर क्यामेरा र ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा छ । एच डी रेकर्डिङ्ग चिप र दुई ओटा अत्यन्त संवेदनशील माइकले गर्दा उच्च गुणस्तरको ध्वनि सहितको भिडियो एस एटबाट खिच्न सकिन्छ ।
एस एट मा १.९ गिगाहर्जको अक्टाकोर प्रोसेसर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१