माइक्रोसफ्टले आफ्नो भिडियो च्याट एप ‘स्काइप क्विक’ बन्द गर्ने भएको छ। कम्पनीले १८ महिना अघि ल्याएको यो एपमा भएका सुविधाहरु सबै स्काइप एपमा भएकाले बन्द गर्ने निर्णय गरेको हो।
स्काइपको आधिकारिक ब्लगमा उल्लेख भएअनुसार यो ‘स्काइप क्विक’ को अन्तिम दिन मार्च २४ हुनेछ। त्यसपछि यो पूर्णरुपमा बन्द गरिनेछ।
‘स्काइप क्विक’ एक मोबाइल भिडियो म्यासेजिङ एप हो जसले साथीको समुहमा आफ्ना मोमेन्टहरु सेयर गर्न सक्छन्। तर यी सबै काम स्काइप एपमै भइरहेका कारण क्विकका केही विशेष फिचरहरु स्काइपमा सारिएको कम्पनीले बताएको छ।
हाल ‘स्काइप क्विक’ चलाइ रहेकाहरुलाई आफ्ना महत्वपूर्ण म्यासेज तथा केही कुराहरु सेभ गरेर राख्न आग्रह गरिएको छ किनकि मार्च २४ पछि यसमा कुनै काम गर्न मिल्ने छैन।
प्रतिक्रिया