शिक्षा समितिमा ३ दलको हावी भएको भन्दै १० दलको विरोध

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७१, शुक्रबार ०७:१०

सम्राट सिंह/बझाङ ६  असार ।
जिल्ला शिक्षा समितिमा ठुला तीन दलहरुको हावी भएको भन्दै अन्य साना १० दलहरुले विरोध जनाएका छन् । तीन ठुला दल नेपाली काँग्रेस,नेकपा एमाले र एकिकृत माओबादीले शिक्षा समिती एकलौटी तरिकाले शिक्षा समिति गठन गरेको भन्दै विरोध जनाएका हुन । शिक्षा समितिमा प्रक्रिया नपु¥याएर राजनैतिक अंशबण्डा गरेको भन्दै पुरानो शिक्षा समिति गठन प्रक्रिया भङग गरि नयाँ गठन गरी शिक्षा समिति आफुहरुलाई पनि समावेस गनुपर्ने दलहरुको माग रहेको छ । 480X320_ba731b90186ba153aff63615da7fdcdd
राजनितिक खिचातानीले जिल्ला शिक्षा कार्यालय बझाङ करिव नौ महिना देखि शिक्षा समिति विहिन बनेको छ ।
अन्य साना १० दलहरुले आईतबार नेकपा मालेका केन्द्रीय सदस्य धर्मराज रसाईलिको संयोजकत्वमा राजनैतिक संयन्त्र गठन गरि संधर्र्ष गर्ने चेतावनी दिएका छन । बुधबार संयन्त्रको बैठकले महत्वपुर्ण ३ वटा निणर्य समेत गरेको छ । जिल्लामा भएका भष्टाचार विरुद्घ कडा संघर्ष गर्ने, बर्तमान शिक्षा समिति खारेज हुनु पर्ने र नयाँ शिक्षा समिति बाट सानादलका तर्फबाट प्रतिनिधि पठाउने नियर्ण गरेको संयोजक रसाइलीले बताए । शिक्षा समिति विवादमा आएको छ यदि शिक्षा समितिमा आफ्ना दलका प्रतिनिधि समावेश नगरे बझाङमा दुई वटा शिक्षा हुने समेत चेतावनी दिएका छन । शिक्षा समिति अबैधानिक रुपमा गठन भएको हुँदा शिक्षा समिति भङग गरि पुर्न नयाँ प्रक्रिया तथा स्पष्ट र पारदशि तरिका बाट गठन गर्नु पर्ने दलहरुको माग रहेको छ । तत्काल आफ्ना माग सम्बोधन नभए थप संघर्ष गर्ने चेतावनि समेत दिएका छन ।

प्रतिक्रिया