सिन्धुपाल्चोकमा पनि धुर्मुस सुन्तली सहयोगी क्लब

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ फाल्गुन २०७२, मंगलवार १६:००

सिन्धुपाल्चोकका विद्यालयहरुमा धुर्मुस सुन्तली क्लब गठन हुन थालेका छन् । धुर्मुस सुन्तलीसरसफाई अभियानलाई सहयोग गर्न भन्दै सिन्धुपाल्चोकका दुई वटा विद्यालयका विद्यार्थीहरुले क्लब गठन गरेका हुन् । मेलम्चीनगरपालीका ६ मा रहेको प्रगतिअंग्रेजीमाध्यमीक विद्यालय र मेलम्ची सामूदायिक विद्यालयमा क्लब गठन गरिएको हो । उक्तक्लबले आफ्नो कक्षा कोठाको सरसफाई आफैँले गर्ने निर्णय गरेका छन् ।Dhurmussuntali club

आफ्नो टोल समाज सफागर्न पनि उनीहरु सक्रिय हुने अपेक्षा गरीएको छ । अभियानमा सहयोग गर्न भन्दै हेटौँडामा नवोदय बाल क्लब गठन भएको थियो । त्यस लगत्तै महोत्तरीमा पनि क्लब गठन भएको छ । अन्य ठाउँमा क्लब गठन भएपछि सिन्धुपाल्चोकमा पनि धुर्मुस सुन्तली सरसफाई सहयोगी क्लब गठन गरिएको कृष्णप्रसाद घिताल (धताल चिरिच्याट्टले जानकारी दिएका छन् । धुर्मुस सुन्तली सरसफाई अभियानलाई सफल बनाउनका लागि अन्य थुप्रै जिल्लाहरुमा पनि यस्ता क्लब गठन हुने तयारी र घोषणा हुने क्रमजारी छ । अहिले सक्रिय रहेका क्लबहरुलाई पनि  अभियानमा सहयोग गर्नका लागिसिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१