सलमानले लुलियालाई हिन्दी सिकाउन थाले

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ फाल्गुन २०७२, मंगलवार ०६:१०
लुलियारोमानियाकी अभिनेत्री तथा टिभी एंकर लुलिया वन्तुर अभिनेता सलमान खानसँग नजिक भए पनि हिन्दी बोल्न सक्दिनन् । हिन्दी नजानेकैले उनी बलिउडमा ‘इन्ट्री’ गर्न गाह्रो भएको र सलमानको परिवारमा पनि घुलमिल हुन नसकेको रिपोर्ट आएका थिए । यही कुरालाई मध्यनजर गर्दै सलमानले लुलियालाई हिन्दी सिकाउन थालेका छन् ।
लुलियालाई हिन्दी सिकाउन सलमानले एक ट्युटरको व्यवस्था पनि गरेका छन् । बलिउडमा करिअर बनाउन चाहेकी लुलियाले यो कुरालाई ‘सिरियस्ली’ लिएको टिप्पणी छ । आजभोलि उनी दैनिक दुई घन्टा हिन्दी सिकेर बिताउँछिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१