एक जना युवालाई फेसबुकले यसरी फसायो !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ फाल्गुन २०७२, मंगलवार ०५:५८
फेसबुककाठमाडौं ।
सामाजिक सञ्जाल फेसबुक धेरैले प्रयोग गर्छन्, फेसबुकलाई सदुपयोग गर्ने वा दुरुपयोग गर्ने भन्ने सम्बन्धित व्यक्तिकै जिम्मा हुन्छ । फेसबुकलाई दुरुपयोग गरेपछि कसरी फन्दामा परिन्छ भन्ने दुरुपयोग गर्नेलाई समेत थाहा हुँदैन ।फेसबुकमा साथी बनाइ जिस्किँदै गर्दा एक जना युवा प्रहरीको फन्दमा परेका छ । उनी त्यस्ता युवा हुन् जो रोजगारीका शिलशिलामा लागि कतार बस्थे । उतैबाट युवाले महिलालाई जिस्काउँथे, प्रहरीकाअनुसार जिस्काउने मात्र होइन अश्लिल तस्बिर पनि पठाउँथे । घर जान उनी नेपाल त फर्किए तर घर जान पाएनन् ।
अश्लिल तस्बिर पठाएकै कारण घर जान नपाइ काठमाडौंबाट पक्राउ परे । महिला साथीलाई फेसबुकमा अश्लिल तस्बिर तथा सन्देश पठाएको अभियोगमा नुवाकोट तुप्चे १ का ३० वर्षीय शिव पौडेल नयाँ बसपार्कबाट महानगरीय प्रहरी महाशाखाको फन्दामा परेका हुन् ।
उनी कतारबाट घर फर्कने क्रममा नयाँ बसपार्कको एक होटलमा बसेका थिए । सम्बन्धित महिलाको उजुरीका आधरमा पौडेललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई महाशाखाले विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइ कारबाही गर्न आज महानगरीय प्रहरी काठमाडौंलाई जिम्मा लगाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१