महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा न्यायाधीश पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ फाल्गुन २०७२, मंगलवार ०५:५२

जिल्ला अदालत महोत्तरीमहिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत महोत्तरीका न्यायाधीश पूर्णप्रसाद बास्तोला पक्राउ परेका छन् ।

आइतबार दिउँसो महोत्तरीको बर्दिबासमा रहेको शिश महल होटलमा खाजा खान गएको बेला न्यायाधीश बास्तोला पक्राउ परेका हुन् । बास्तोला जिल्ला अदालत महोत्तरीका अतिरिक्त (२ नंं.) न्यायाधीश हुन् ।
न्यायाधीश बास्तोलालाई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको छ । बर्दिबासकै एक सहकारीमा कार्यरत महिलालाई बास्तोलाले होटलमा यौन दुर्व्यवहारको प्रयास गरेका पीडित महिला (नाम गोप्य राखिएको)ले बताएकी छन् ।
प्रहरीले बा ११ च ५८९४ नम्बरको सेन्ट्रो कारसहित न्यायाधीश बास्तोलालाई पक्राउ गरेको हो । न्यायाधीश बास्तोलाले आफूलाई ‘काली रमाइलो गरौं’ भन्दै अभद्र व्यवहार गरेको पीडित महिलाको भनाई छ । प्रहरीले भने यस घटना बारे केही बताएको छैन ।
इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शालिकराम शर्माले पत्रकारसँग कुरा गर्न अस्वीकार गर्नु भएको छ । पीडित महिलाका आफन्त र बर्दिबासका बासिन्दाले भने न्यायाधीश बास्तोलालाई कारवाहीको माग गर्दै अहिले इलाका प्रहरी कार्यालय बर्दिबासमा घेराउ गरिरहेका छन् । प्रहरीले आफूहरुले दिएको जाहेरी पनि दर्ता गर्न नमानेको पीडित महिलाका आफन्त कमल पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २२, २०८१