गुगलमा अायो परिवर्तन, प्रयोगकर्तालाई थप सहज

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० फाल्गुन २०७२, सोमबार २०:२९
गोगलगुगलले आफ्नो सर्च इन्जिनमा प्रयोगकर्तालाई सहज हुने गरी नयाँ परिवर्तन ल्याएको छ। यो परिवर्तन भनेको गुगलले सर्च रिजल्टको दायाँ भागमा भएका विज्ञापनहरु हटेका हुन्।
यी विज्ञापनहरुलाई पेजको माथिल्लो भाग र तल्लो भागमा मात्र राखिने तयारी गुगलले गरेको छ। केही प्रयोगकर्ताहरुले यो परिवर्तन अाफ्नो कम्प्यूटरमा देखेपनि गुगलका अनुसार यो अझै परीक्षणमै रहेको र यसलाई चाँडै नै सबै भाषामा लागू हुने गरी विश्वव्यापीरुपमा लागू गरिनेछ।
धेरै प्रेयोगकर्ताले यो परिवर्तनका बारेमा बताएपछि गुगलले यो कुरा स्विकार गरेको टेक वेबसाइटहरुमा जनाइएको छ।
प्रायः जसो गुगलमा विज्ञापनहरु तल, माथि, दायाँ भाग सबैतिर मिश्रितरुपमा देखिन्छन्। अब भने पेजको दायाँ भाग भने विज्ञापन मुक्त हुने बताइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१