मध्यराति ५.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० फाल्गुन २०७२, सोमबार ०५:३७
earthquake1काठमार्डौ। आइतबार मध्यराति काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । नेपालमा गएको भूकम्पको पुष्टि अमेरिकन भूगर्भ विभागले गरेको छ ।
राति ११ बजेर ५६ मिनेटमा गोरखालाई केन्द्रबिन्दु बनाएर करिब ६ सेकेन्डसम्म ५.५ म्याग्निच्यूडको भूकम्पले हल्लाएको हो ।
 
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको पाँच खुवा देउरालीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मध्य नेपालमा हल्लाएको हो ।
पृथ्वीको सतहभन्दा १९ किलोमिटर तल गएको भूकम्पले नेपालको मध्यभाग काठमाडौं उपत्यका, पोखरा र बुटवलसम्म धक्का दिएको छ ।
 
भूकम्प मापन केन्द्रका अनुसार वैसाख १२ पछि गएको यो ४३१ औ परकम्प हो । यसअघि अाइतबार बिहान नुवाकोट केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको परकम्प गएको थियो ।

प्रतिक्रिया