रणविरसँग प्रेममा परेपछिका अभिनेत्री क्याटरिनालाई ‘डिप्रेसन’ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० फाल्गुन २०७२, सोमबार ०४:५८
 katrinaसलमानसँग छुट्टिएर रणविरसँग प्रेममा परेपछिका अभिनेत्री क्याटरिना कैफको फिल्मी करियर ग्राफ ओरालो लागेको लाग्यै छ। उनको रणविरसँग पनि सम्बन्ध टुटिसकेको छ। बलिउडको गसिप बजारमा उनको ब्रेकअफ पछि अर्को कुराले तातेको छ। नयाँ गसिपले भन्छ क्याटरिना पछिल्लो समय ‘डिप्रेसन’को सिकार भएकी छन्।
एक भारतीय संचारमाध्यमका अनुसार डिप्रेसनका कारण १३-१३ घण्टा सुत्न थालेकी छन्। आफ्नो फिटनेसमा धेरै ध्यान दिने क्याटरिना पहिले जस्तोसुकै अवस्थामा पनि फिटनेसको कसरत गर्थिन्। कयौं पटक यो रातको २-४ बजे पनि हुने गर्थ्यो तर आजकल त्यस्तो छैन्। क्याटरिना १३-१३ घण्टा सुत्न थालेकी छन्। क्याटरिनाले यसलाई आफू धेरै सुत्ने ‘सिल्पोहोलिक’ भएको भने पनि श्रोतले भने यसलाई डिप्रेसनका कारण यस्तो भएको बताएका छन्।
क्याटरिना निकवर्तीका अनुसार ८ घण्टाको निन्द्रा पर्याप्त हुन्छ। कोहिकोहओ १० घण्टासम्म पनि सुत्छन् तर क्याटरिनाको १३ -१३को सुताइ आश्चर्यजनक भएको बताउँछन्। केहि मनोवैज्ञानिकहरुले क्याटरिनाको यस कामलाई ‘पोस्ट ब्रेकअप इफेक्ट’ भनेका छन्। जसका अनुसार मानिस आफ्नो विचारबाट टाढा रहन आवश्यकता भन्दा बढी सुत्ने गर्छन्। गत वर्ष अर्की अभिनेत्री दिपिका पादुकोणले पनि कामको दबाबका कारण आफू डिप्रेसनको सिकार भएको स्विकार गरेकी थिइन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१