कुन ब्लडग्रप भएकाले के खाने ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ फाल्गुन २०७२, आईतवार १४:५०

समूह ए
यो समूहको रगत भएकाहरूले गाँजर, हरियो सागसब्जी, नास्पाती, लसुन, सिमी वा द्विदलीय खाना खानु राम्रो मानिन्छ । दूध र यसबाट बनेका परिकार, भात र आँटा कम गर्दा राम्रो हुन्छ । तर, दही र सोया मिल्क खानु राम्रो मानिन्छ । कुखुरा र खसीको मासु यो रक्त समूहका मानिसले कम खानु राम्रो हुन्छ ।

समूह बी
यो रक्त समूह भएकाको पाचन शक्ति राम्रो हुन्छ । यो समूहको रगत भएकाहरूले सागसब्जी, फल, माछा, मटन, चिकेन सबै राम्रो हुन्छ ।
समूह एबी
यो कम मान्छेमा पाइने गु्रप हो । यो गु्रप भएका मान्छेले बढी सावधान रहनुपर्छ । फलफूल र अत्यधिक सागसब्जी खानु उत्तम हुन्छ । त्यसका साथै अन्डा पनि खाँदा राम्रो हुन्छ । त्यसका साथै दूध र दूधले बनेका परिकारले पनि त्यति खराबी गर्दैन ।
समूह ओ
यो रक्त समूह भएका मानिसले बढी प्रोटिन भएको आहारा लिनु राम्रो हुन्छ । जस्तै, दाल, मासु, माछा, फल राम्रो हुन्छ । त्यस्तै, अन्नका साथै फलफूल सन्तुलित तरिकाले खानु राम्रो हुन्छ । नयाँ पत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१