विद्यार्थीले तिर्ने शुल्कको सुरक्षा गर्ने छु : शालिकराम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ फाल्गुन २०७२, आईतवार १३:०९

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को चुनाव नजिकिँदै गर्दा प्रतिष्पर्धीले मतदातालाई आफ्नो पक्षमा पार्न प्रचारप्रचारलाई तीब्रता दिएका छन् । दुई प्यानलमा अध्यक्षदेखि सहसचिवसम्म नै प्यानल खडा गरेर प्रतिष्पर्धामा उत्रिँदै छन् । इक्यानको इतिहासमै कडा प्रतिष्पर्धा भएको यो पहिलो पटक हो । यहि प्रतिष्पर्धाका विचमा विगत लामो समयदेखि इक्यानमा कोषाध्यक्षको जिम्मेवारी सम्हालेका शालिकराम भण्डारी आगामी कार्यकालमा उपाध्यक्षमा उठदैछन् । दुई कार्यकाल कोषाध्यक्षका रूपमा रहेर काम गरेका उनले इक्यानको कोषलाई बढाउन सफल भए ।b1359ac7-4341-417b-a85c-fca88d090a59
विभिन्न व्यवसायी तथा इक्यानले गर्ने एजुकेशन फेयरबाट उठेको पैसा व्यवसायीकै लागि खर्च गरेर धेरै व्यवसायीहरूको मन जितेका छन् । सहि तरिकाले, सहि ठाँउमा, सहि प्रायोजनको लागि खर्च गनुपर्छ भन्ने सिद्धान्तका साथ इक्यानका कोषाध्यक्ष सम्हालेका उनले अबको कार्यकाल भने उपाध्यक्षमा रहेर काम गर्ने सोच बनाएका छन् । ‘द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी’ का संचालक शालिक सन् २००० देखि कन्सल्टेन्सी बजारमा छन् । इक्यानमा काम गर्नेहरूलाई पहिलो प्राथमिकतामा राखी संस्थाको गरिमा बढाउन सक्ने खालको नेतृत्व चुन्न व्यवसायीलाई उनको सुझाव छ । आफू व्यवसायीको हकहितका लागि इक्यानमा उपाध्यक्षको उमेद्धारी दिन लागेको बताउने उनै शालिकराम भण्डारीसँग हामीले चुनावको विषयमा कुराकानी गरेका छौँ । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंश ।
उपाध्यक्षमा तपाईको उम्मेदवारी किन ?
मैले विगत ४ वर्षदेखि इक्यानमा रहेर आर्थिक विभागको नेतृत्व गर्ने अवसर पाँए । त्यहाँ रहिरहँदा संस्थाको लागि भनेर धेरै काम गरियो । केही काम पुरा भए, केही बाँकि छन् । ती काम पुरा गर्न म उपाअध्यक्षमा लड्दै छु । विगत १६ वर्षदेखि म यो पेशामा छु । व्यवसायीका समस्याहरू बुझेको छु, ती समस्याको समाधान गर्न पनि मेरो अनुभवका आधारमा इक्यानलाई मेरो खाँचो छ ।
चुनावी प्रचारप्रसारलाई कतिको तिब्रता दिनुभएको छ ?
साथीहरूसँगको भेटघाटलाई तीब्रता दिएका छौँ । मलाई भोट गर्नुस् भन्दा पनि राम्रो काम गर्न सक्ने माछेलाई इक्यानमा ल्याउनुपर्छ है भनेर साथीहरूसंग छलफलमा छौँ । जहाँसम्म कुरा होइन काम गर्नेलाई साथीहरूले साथ दिनुहुन्छ भन्ने लागिरहेका छ ।
तपाई कोषाध्यक्ष हुँदा व्यवसायीको हितमा कस्ताका काम गर्नुभएको थियो ?
विगत चारवर्षदेखि कोषाध्यक्षमा छु । पहिलो दुई वर्ष कोषाध्यक्षको रूपमा रहँदा फेरि पनि साथीहरूले इक्यानको ट्रान्जिक्सन ठूलो छ, तपाइले नै फेरी यसको नेतृत्व गनुपर्छ भनेपछि मैले त्यहि पदमा दोहोर्याएँ । चार वर्ष रहिरहँदा मैले इक्यानको कोषलाई कसरी बढाउने र कसरी खार्चगर्ने भन्ने नै मेरो ध्यय रह्यो ।
कोष बढाउन विभिन्न व्यवसायी साथीहरू र व्यवसायी साथीहरू सम्मिलीत फेयरहरूबाट एउटा फन्ट तयार भयो । त्यो पैसा व्यवसायी साथीहरूकै लागि खर्च गर्नुपर्छ भनेर सल्लाह पनि गरियो र त्यो काममा हामी सफल पनि भयौँ । मैले गरेको काम बारे साधारण सदस्य तथा सहपाठी साथीहरूले देख्नुभएको छ ।
उपाध्यक्ष हुनुभयो भने के गर्ने सोचमा हुनुहुन्छ ?
इक्यानलाई कसरी एजुकेशन क्षेत्रको बलियो संस्थाको रूपमा विश्वभर पैलाउन सकिन्छ भनेर गृहकार्य मेरो रहन्छ । विभिन्न देशका दूतावासहरूमा कसरी राम्रो सम्बन्ध सुधार गर्ने भनेर त्यसमा मेरो ध्यान रहने छ । व्यवसायीहरूमा आइपर्ने विभिन्न समस्यालाई इक्यानले समाधान गर्न सकोस् भन्ने हिसावले मैले काम गर्ने छु ।
व्यवसायीहरूले तपाइलाई नै किन भोट हाल्ने ?
इक्यान विशुद्ध व्यासायीहरूको संस्था हो । जसमा सहि व्यवसायीहरूको प्रतिनिधित्व हुनुपर्छ भन्ने लाग्छ । म विगत १६ वर्षदेखि यो क्षेत्रमा छु । मेरो हातमुख जोड्ने एकमात्र कम्पनी ‘द नेक्स्ट’ नै हो । इक्यानलाई मैले बचाउनु भनेको मेरो संस्थालाई पनि बचाउनु पनि हो । मेरो व्यवसाय पनि बचाउनु हो । व्यवसायिकताका हिसावले पनि इक्यानका सदस्यहरूले मलाई भोटहाल्नु हुनेछ भन्ने विश्वास लिएको छु ।
तपाईको चुनावी एजेन्डा के हो ?
मेरो एजेन्डा भनेको विद्यार्थीले विदेशका विश्वविद्यालय तथा कलेजमा पठाउने शुल्कलाई प्रोटेक्ट गर्नका लागि विमाको व्यावस्था गर्नेछु । शुल्कका कारणले विद्यार्थी तथा व्यवसायीहरूले दुःख बेहोर्नु नपारोस् भन्नका लागि फि (शुल्क) को इन्सुरेन्स गर्ने व्यवस्था गर्ने छु । अर्को भनेको नैतिकवान तथा कर्मठ योग्य कन्सल्टेन्ट छन्, जसले प्लेटफर्म पाएका छैनन्, तिनिहरूलाई सहि प्लेटफमको लागि मार्गदर्शन गरिदिने र त्यो प्लेटफर्म बनाउनको लागि मद्दत गर्नेछु ।
विभिन्न नयाँ गन्तव्यको पहिचान गरि हाम्रा इक्यानका सदस्यहरूलाई अवसरका बाटोहरू देखाउने, नयाँ गन्तव्यतिर आर्कषण गर्न मेरो कार्यकालमा काम हुनेछन् । विदेश अध्ययनमा जाँदाखेरी विभिन्न परीक्षा पास गरेर जानुपर्ने हुन्छ । जस्तै आएल्स, टोफेल । आएल्सको परीक्षा दिन केही समस्या छ । समयमा परीक्षा दिन नपाउँदा विद्यार्थी तथा व्यवसायीहरूले दुःख पाइरहेका छौँ । यसको समाधानको लागि ब्रिटिस काउन्सिलसँग पहल गर्नेछु । अर्को आइडिपीलाई परीक्षाको लागिमात्र नेपालमा आउने वातावरण बनाउन पहल गर्ने छु । आइडिपी अस्ट्रेलिया यस्तो संस्था हो जसले, आएल्सको परीक्षा पनि लिन्छ र परामर्श पनि दिन्छ ।
त्यस्तै व्यवसायीहरूलाई विभिन्न खालका तालिम दिने, विभिन्न देशका दूतावास तथा कुटनीतिक नीयोगहरूसँग मिलेर फार्मटिप्सको व्यवस्या गर्ने जसका कारणले उनीहरूले व्यापार अभिबृद्धि गर्न सकुन् । त्यसका लागि पनि मेरो पहल हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१