काठमाडौं । श्रीलंकाको अध्यागमनले फर्काएका सात नेपाली युवतीलाई इन्डियन एयरलान्सका कर्मचारीको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि भगाइएको छ । ती युवतीलाई गत बिहीबार श्रीलंका अध्यागमनले इन्डियन एयरलान्सबाट फर्काइदिएको थियो ।
विमानस्थलबाटै फरार हुनेमा ललिन तामाङ, कमला तामाङ, मिङ्मार तामाङ, तेम्बासाङ्मु तामाङ, नगिञ्चोक तामाङ, छिरिङ शेर्पा र कमला तामाङ छन् । उनीहरु दोलखा र सिन्धुपाल्चोकका वासिन्दा हुन् ।
ती युवती किन श्रीलंका जान लागेका हुन् भन्ने केही खुल्नसकेको छैन । यसअघि अवैध रुपमा श्रीलंका हुँदै घरेलु कामदारका लागि कुवेत जान लागेकी नवलपरासीकी मालती विक पनि माघ २४ गते फरार भएको भन्दै इन्डियन एयरलाइन्सका कर्मचारीले अध्यागमनलाई जवाफ दिएका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ
प्रतिक्रिया