शान्ति मन्त्रि ढकालले गरे जिउदो सहिद मुकेशलाई सम्मान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ फाल्गुन २०७२, आईतवार ०६:३९
Mukesh1काठमाडौं ।  नेपाल सरकारका शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले  जनआन्दोलन २०६२/६३का क्रममा घाइते भएका  मुकेश कायस्थलाइ सम्मान तथा अभिनन्दन गर्नु भयको छ । ६६ औं प्रजातन्त्र दिवसका अवसरमा मन्त्रि ढकालले  बनेपा स्थित मुकेश कायस्थको निवासमा पुगी उहालाई सम्मान गर्नु भयको हो । मन्त्रि ढकालले मुकेश कायस्थ जस्ता बीर योद्धाहरुको कारणनै मुलुकमा परिबर्तन सम्भब भयको बताउदै लोकतान्त्रिक आन्दोलनका सहिद तथा  घाइतेहरुलाइ राज्यले उच्च सम्मान गर्ने बताउनु भयो  । मन्त्रि ढकालले मुकेश कायस्थको सपना पुरागर्न कुनै कसुर नराख्ने बताउदै उहाको थप उपचार र हेरचाहकोलागि राज्यको तर्फ बाट सहयोग गर्न आबस्यक पहल गर्ने पनि बताउनु भयो । मन्त्रि ढकालले  देश भक्ति नै सबै भन्दा महान आदर्श हो  भन्दै  राष्ट्रप्रेम नगर्नेले इश्वरलाई पनि प्रेम गर्न सक्दैनन भन्नु भयो । मन्त्रि ढकालले मुकेश कायस्थ सबैको प्राथना र सदभाबको कारण बाँच्न सफल भयका भन्दै उहाँ नेपालको   जिउँदो शहीद हुन् भन्नु भयो । मुकेशका अभिभाबकहरुले आफ्नो कलिलो छोरो राष्ट्रको लागि लड्दा घाइते भयर बिगत १० बर्ष देखि अचेत रहेपनि यहि बलिदानीले मुलुकले नया संबिधान प्राप्त गरेकोमा खुशी ब्यक्त गर्दै औपचारिक रुपमा मुकेशलाई जिउदो सहिद घोषणा गरेर उचित सम्मान गरिदिन मन्त्रि ढकाल संग आग्रह गरेका थिय ।  राष्ट्रिय सहिद तथा शान्ति पार्कका अध्यक्ष सुदर्शन सिग्देल लगायतले मुकेशको योगदानको बारेमा चर्चा गरेका थिय । १५ वर्षको उमेरमा २०६२ साल चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली कन्चटमा लागि मुकेश कायस्थ अचेत भयका थिय र हालसम्म पनि उनको चेत खुल्न सकेको छैन  ।

प्रतिक्रिया