डिफेन्डिङ च्याम्पियन स्पेन विश्वकप २०१४ बाट बाहिरियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ असार २०७१, बिहीबार ०७:५९

चिलिसंग २–० ले पराजित भएसंगै डिफेन्डिङ च्याम्पियन स्पेन विश्वकप २०१४ बाट बाहिरिएको छ । अन्तर्राष्ट्रिय फुटबलमा तीन ठूला प्रतियोगिताको पछिल्लो विजेता रहेको स्पेनले समूह बीमा लगातार दोस्रो हार बेहोरेपछि समूहचरणबाटै बाहिरिन बाध्य भएको हो ।10383662_10152624053306754_8587179491708970248_n

चिलीले खेलको २० औं मिनेटमा एडुरर्डो भारगासको गोलले अग्रता लिएको थियो । एलेक्सेस सान्चेजले सिर्जना गरेको मौकामा चाल्र्स एरागुजले पास मिलाएपछि भारगासले सुन्दर गोल गरेका हुन् । दोस्रो गोल कसियासकै भुलले सम्भव भएको थियो ।

सान्चेजको फ्रि–किकलाई राम्रोसँग क्लियर गर्न नसकेपछि नेपोलीको फरवार्ड एरागुजले गोल गरेका हुन् । स्पेनले ब्राजिलमा यसपल्ट दुई खेलमा सात गोल खाएको छ र यो उसले पछिल्ला १२ विश्वकप संस्करणमा समग्रमा खाएको गोल संख्या बराबर भएको छ । स्पेन नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ५–१ ले पराजित रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१