नेपाली एसोसियसन अफ् नोर्दन क्यालिफोर्निया (NANC )को साधारण सभा फेब्रुवरी २७ मा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ फाल्गुन २०७२, शुक्रबार १४:२४

नेपाली एसोसियसन अफ् नोर्दन क्यालिफोर्निया (NANC )को साधारण सभा हुने भएको छ ।  NANC को कार्यसमिति बैठकले यहि फेब्रुवरी २७ शनिबार दिनको ११:३० देखि बेलुकी ६ बजेसम्म सान फ्रान्सिस्कोको ओम् मण्डला हलमा कार्यक्रमको  आयोजना गरिने आधिकारिक जानकारी गराएको  सस्थाका सदस्य रोशन अधिकारीले राष्ट्रियखबरलाई जानकारी दिनुभयो ।

साधारणसभाले हरहिसाब फर्स्यौट ,कमिटि सेन्टरको स्थापनार्थ फन्ड कलेक्सन कार्यक्रम राखेको छ ।

यो साधारण सभा मार्फत सस्थाले ३ जनालाइ आजीवन सदस्यता प्रदान गर्ने बताईएको छ ।   यस्तै सामाजिक सेवामा अग्रसर हुदै आएका १० जनालाई सम्मान गर्ने कार्यक्रम रहेको पनि अधिकारीले बताउनु भयो  ।

साधारण सभाका लागि हल र अन्य कार्यक्रम व्यवस्थापनको तयारी भैरहेको बताईएको  छ ।

सन् १९९४ मा नोर्दन क्यालिफोर्नियामा स्थापित यस सस्थाले अमेरिका छिरेका नेपालीहरुका लागि काम खोजिदिने ,बसोबासको व्यवस्था गरिदिने तथा नेपाली कला सस्कृतिको जगेर्नार्थ कार्यक्रमहरु राख्ने गर्दै आएको छ  । यस सस्थालाई नोर्दन क्यालिफोर्नियाको सबैभन्दा पुरानो सस्था मानिन्छ ।NANC

कार्यक्रम बारे सस्थाको फेसबुक पेज बाट पनि जानकारी लिन सकिने कार्यक्रम आयोजक समितिले जनाएको छ ।

NANC को विज्ञप्ति –

नेपाली एसोसियसन अफ् नोर्दन क्यालिफोर्नियाको साधारण सभा हुने जानकारी

यस संस्थाका सम्पूर्ण साधारण सदस्यहरु,सल्लाहकारज्यूहरु, स्थानिय नेपाली संघ-संस्थाका अध्यक्ष/प्रतिनिधिहरु, समाजसेवीहरु, पत्रकार मित्रहरु र शुभचिन्तक नेपाली दाजु-भाइ तथा दिदि बहिनीहरु,

नेपाल एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (NANC)को बर्तमान बिधानको Article IX,1 अनुसार यस संस्थाको बार्षिक साधारण सभा आगामी फेब्रुवरी २७, २०१६ सनिबार दिनको ११:३० देखि बेलुकी ६ बजेसम्म सान फ्रान्सिस्को ओम् मण्डला हल (440 Ellis St. SF CA 94102) मा आयोजना हुन गई रहेको जानकारी गराउन चाहन्छौ।
उक्त साधारण सभामा प्रस्तुत गरिने बिस्तृत प्रस्ताब(agenda)हरु सकेसम्म चांडो प्रकाशित गर्ने छौं, छोटकरीमा संस्थाले गरि आएको कृयाकलापको जानकारी, आर्थिक प्रतिवेदन, बिधान संशोधन र सामुदायिक केन्द्र(Community Center) बारेमा प्रस्तुत गर्ने छौं।
उक्त दिन यहाँहरु उपस्थित भई यस संस्थाको कृयाकलाप तथा आर्थिक कृयाकलाप प्रति जानकारी तथा प्रश्नोत्तर, बिधान संशोधन तथा सामुदायिक केन्द्रको बिषयमा राखिएका प्रस्ताब प्रति छलफल गरि दिनको लागि अहिले देखि नै समय मिलाउन हुन अनुरोध गर्दछौं।

तेज राई, अध्यक्ष
नेपाल एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (NANC)

नोट: सकेसम्म ओम् मण्डला भन्दा राम्रो स्थान पाएमा स्थान परिबर्तन गर्ने सोच राखिएको छ।

प्रतिक्रिया