किन र कसका लागि मनाउदै छन नेपाली जनताले प्रजातन्त्र दिवस ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ फाल्गुन २०७२, शुक्रबार १०:४३

कर्ण बहादुर अधिकारीकर्ण

बिक्रम संबत १९०३ सालबाट २००७ साल सम्म एक क्षत्र राज गरेको राणा शाशकहरूको अन्याय अत्यचारबाट आजित भएका नेपाली जनताहरू निरङ्कुशताको बिरूद्धमा एकिकृत भएर जीवनको कुनै पनि प्रबाह नगरी देशमा आमुल परिबर्तन गर्नु पर्छ भन्ने मनाशयले कठिन परिस्थितिका बाबजुत पनि देशलाई राणा शाशकको मातहातबाट उन्मुक्ति दिनका लागि बलिदानी दिएका थिए।

जाहानीया राणा शाशक बिरूद्ध बोलेकै भरमा प्रथम शहिद लखन थापालाई गोरखा मनकामना मन्दिरको नजिकै मृत्यूदण्ड दिएका थिए।लखन थापा पछि राणा शाशक बिरूद्ध आवाज उठाएको र परिबर्तन चाहेको भन्दै ४ जना शहिदहरू गंगालाल श्रेष्ठ,शुक्रराज शास्त्री,धर्म भक्त माथेमा र दशरथ चन्द्र ठाकुरलाई १९९७ सालमा मृत्यूदण्ड दिईएको थियो। यी मृत्युदण्ड दिएका शहिदहरूको एउटै उदेश्य थियो देशमा प्रजातन्त्र ल्याउने उहाँहरूको उदेश्यलाई पुरा गर्नका लागि नेपालका शिक्षित बर्गहरू लागि परे।ति शिक्षित बर्गलाई पनि राणा शाशकहरूले देश निकाला गरेका थिए।

प्रवासमा रहेर राणा शाशन अन्त्य गर्नका लागि योजना बनाउन थाले त्यति खेर राजा त्रिभूवन पनि प्रवासमा नै थिए नेपालमा राजा ज्ञानेन्द्रलाई बनाईएको थियो । देशमा प्रजातन्त्र ल्याउनु पर्छ भनेर योगदान दिनेहरू बीपी कोईराला,शुवर्ण शम्शेर,गणेशमान ,कृष्ण प्रसाद भट्टराई,गिरीजा प्रसाद कोईराला ,मनमोहन अधिकारी ,सहाना प्रधान लगाएतका थुप्रै नेताहरू थिए।उहाँहरूले राजा त्रिभूवनलाई भारतबाट नेपाल फर्काएर २००७ सालमा बिशाल आन्दोल गरेका थिए उक्त आन्दोलनबाट आजित भएर राणा शाशकहरू जनताको सामु घुडा टेक्न बाध्य भयो।

२००७ साल फागुन ७ गतेका दिन १०४ बर्षीय जाहानीया निरङ्कुश राणा शाशकको अन्त्य संगै नेपालमा प्रजातन्त्रको उदय भयो।राजा त्रिभूवनले फेरी राजगद्धि सम्हाले । आज हामी नेपाली जनताहरू त्यसै दिन फागुन ७ गतेलाई सम्झिएर प्रजातन्त्र दिवश मनाई रहेका छौ।आखिर किन मनाई रहेका छौ त प्रजातन्त्र दिवश भन्ने बारे सम्पुर्ण नेपाली जनताहरूले बुझ्न जरूरी छ।निरङ्कुश राणा शाशकहरूले बन्द घेरा भित्र राखेर नेपाली जनताले पाउने नैसर्गिक अधिकारहरूलाई आफ्नो पकडमा राखेका थिए।

नेपाली जनतालाई कुनै कुरामा पनि स्वतन्त्रता थिएन।राणा शाशकहरूबाट दमन अत्यचार एकदमै थियो यस्ता कुराहरूको अन्त्य गराउनका लागि नै प्रजातन्त्र आएको थियो नेपालमा प्रजातन्त्र भनेको नेपाली जनताले आफ्नो हक अधिकार सहज र सरल तवरबाट हासिल गर्न सक्ने छन। प्रजातन्त्रमा सबैलाई समान हक र अधिकारहरू हुन्छन।नेपाली जनताले चयन गरेर मतदान गरेर पठाएका ब्यक्तिहरूको निश्चित समय अबधि तोकेर सरकार बन्ने छन तिनीहरूले नै बिभिन्न योजनाहरू तय गरेर देश बिकाश गर्ने छन।

नेपाली जनतालाई शिक्षा, दिक्षा, गास,बास र कपासको ब्यवस्था लगाएत वाक स्वतन्त्रता सबैलाई बराबरी हुने छन यस्तै कुराको सेरो फेरोमा घुमेको छ प्रजातन्त्र तर यति राम्रो प्रजातन्त्रलाई राजा महेन्द्रले २०१७ सालमा कु गरेर निरङ्कुश पंचायति ब्यबस्था लागु गरे।जनताको अधिकारलाई कब्जामा लिए।नेताहरूलाई जेल राख्ने काम गरियो।३० बर्ष सम्म निरङ्कुश पंचायति ब्यबस्थाले नेपालमा राज गर्यो।२०४६ सालमा बिशाल आन्दोलन पछि पंचायति ब्यबस्थाले पनि घुडा टेक्यो र बहुदलीय प्रजातन्त्र आयो।बहुदलीय ब्यबस्था ल्याउनका लागि कयौ नेपाली जनताहरू शहिद बने।

जनताको अधिकार जनतालाई नै सुम्पिए राजा बिरेन्द्रले तर नेपालका नेताहरूले प्रजातन्त्रको मुल्य र मान्यतालाई अबलम्वन गर्न सकेनन्।प्रजातन्त्रलाई कागजमा मात्रै सिमित गराए जनताहरूलाई पूर्ण रूपमा अधिकार दिलाउन सकेनन्।२०५२ सालमा माओबादी जन्मिए जनतालाई अधिकार दिलाउछु भनेर माओबादीले देशलाई तहश नहस बनाए।१० बर्ष सम्म माओबादी युद्ध चल्यो २०६२/६३ मा आन्दोलन भयो यो आन्दोलनले राजतन्त्रको अन्त्य पनि गरायो।लोकतन्त्र पनि आयो पछि यसैलाई परिमार्जन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनेर भनियो।सबै तन्त्र आयो तर अझै पनि प्रजातन्त्रको मुल्य र मान्यता अनुसार देश चल्न सकेन।कुनै पनि सरकारले प्रजातन्त्रको मुल्य र मान्यतालाई अबलम्बन गर्न सकेनन्।

नेपालमा कुनै पनि सरकारले राम्रो संग काम गर्ने माहौल बन्न सकेन।भ्रष्टाचारले देशलाई दलदलमा फसाए देश गरिव भए सिमित व्यक्तिहरू मात्र धनि भए।जनताले पाउने अधिकारहरूलाई कुनै पनि सरकारले ध्यान दिएको पाईएन के यहि हो त प्रजातन्त्र?के यहि हो त लोकतन्त्र?के यहि हो त संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल?प्रजातन्त्रमा गास,बास र कपास सबैलाई बराबरी भन्थे खै त बराबरी?२०७२ साल बैशाखमा भुकम्पमा घरबार बिहिन भएका नेपालीहरूलाई खै त ब्यबस्था गरेको यहि हो त समान अधिकार धनी धनीका धनी अनि गरीव झनै गरीव सरकार वन्छ कार्य योजना बिनियोजन गर्नै नपाई परिबर्तन हुन्छ।यस्तै यस्तै माहौलको वरीपरी देश घुमि रहदा देशमा प्रजातन्त्र छ भनौ वा छैन तपाईहरू नै मुल्याङ्कन गर्न सक्नु हुन्छ।

केहि दिन अगाडी नेपालले १२औ साग गेममा फुटबलमा भारतलाई हराएर गोल्ड मेडल जित्दा नेपाली जनताहरू लाखौको संख्यामा खेलाडीलाई स्वागत गर्न अन्तराष्ट्रिय बिमान स्थलमा पुगेका थिए भव्य स्वागत पनि गरियो तर त्यहि जनसागर महङ्गी कालो बजारी बिरूद्ध मन्त्रालय घेर्न गए सरकारले पनि केहि कदम चाल्ने थियो की त्यसैले तपाई हामी सबै जागरूक हुन जरूरी छ।देश हामीले नै बनाउने हो साथै हाम्रो अधिकार हामीले नै निर्धारण गर्ने हो कसैले पनि सुनिश्चित गराई दिने वाला छैन।बीपीको समाजवादमा भनिएको छ समाज भनेको भौतिक आधारबाट तयार भएको संरचना हो समाजका प्रत्येक सदस्यले समान हक अधिकार उपभोग गर्न पाउनु नै समाजबाद हो भनेका छन्।तर देशमा त्यस्तो माहौल बन्न सकेन सारा नेपाली जनताहरू यसैमा दुखी छन।

धन्यबाद।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१